Salime Malika Krishi Farm

Awareness Campaign

रेसुंगा वन संरक्षण क्षेत्रका सरोकारवालासंग सार्वजनिक सुनुवाई



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: असार डिभिजन वन कार्यालय गुल्मीको आयोजनामा रेसुंगा वन संरक्षण क्षेत्रका सरोकारवालासंग सार्वजनिक सुनुवाई गरिएको छ।

डिभिजन वन कार्यालय गुल्मीका प्रमुख जीवन पंगेनीको अध्यक्षता तथा रेसुंगा नगरपालिकाको उपप्रमुख अमृतादेवि कुवंरको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सहायक वन अधिकृत मुना शर्माले ०७९/८० मा रेसुंगा वन संरक्षण क्षेत्रको योजना र प्रगती विवरण सार्वजनिक गरेकी थिइन्।

सरोकारवाला बैठक, विभिन्न वन क्षेत्रमा भएका बृक्षारोपण, डढेलो नियन्त्रणको क्षेत्रमा गरिएको काम र सामग्री खरिद, सवारी साधन मर्मत तथा इन्धन, पोखरी निर्माण तथा मर्मत, चौपारी निर्माण तथा मर्मत, होर्डिग बोर्ड, बनस्पती अभिलेखिकरण, अध्ययन अवलोकन भ्रमणको काम भएका छन्।

सिंचाई
Forest
Ad.

त्यस्तै लिफलेट निर्माण, स्कुल सचेतना, जैविक मार्ग अध्ययन, हेरालु परिचालन र वन व्यावस्थापनको क्षेत्रमा भएका कामको बारेमा वन अधिकृत शर्माले सरोकारवालालाई अवगत गराएकी थिइन् । कार्यक्रममा सरोकारवालाको तर्फबाट उठेका जिज्ञासाको कार्यालय प्रमुख पंगेनी र सहायक वन अधिकृत शर्माले जवाफ दिएका थिए ।

कार्यक्रममा रेसुंगा वन संरक्षण क्षेत्रभित्रको सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी, वडाध्यक्षहरु, बिषयगत कार्यालय कृषि ज्ञानकेन्द्र, भेटेरिनरी अस्पताल लगायतका सरोकारवालाको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो