Salime Malika Krishi Farm

Awareness Campaign

विदेशमा १२ वर्षको रोजगारी पछि अहिले गाउँमै व्यावसायिक घाँस खेती



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सन्तोष महतारा, गुल्मी: गुल्मीको मदाने गाउँपालिका-३, सिर्सेनीका गोपाल केसी १२ वर्ष विदेशको कर्मपछि गाउँमै फर्केर व्यावसायिक घाँस खेती सुरु गर्नुभएको छ। उमेरले ३८ वर्ष पुग्नुभएका केसीले विगत चार वर्षदेखि घाँस खेती सुरु गरि हाल आम्दानी गर्न थाल्नुभएको हो।

उहाँले फाइभ जी कृषि तथा पशुपञ्छी फर्म दर्ता गरेर आफ्नै कुल एक सय रोपनी क्षेत्रफलको जमिनमा ४६ प्रकारका घाँसको खेती गर्नुभएको छ । सोही घाँस खेतीमा हालसम्म कुल रु १६ लाख लगानी भएको छ । उहाँले यो सिजनबाट घाँसका बिरुवा बिक्री गर्न थाल्नुभएको हो । आम्दानीको एकिङ्क भइसकेको छैन् । तर, घाँस खेतीमा भएको लगानी एक दुई सिजनमै आम्दानीतर्फ जाने केसी बताउनुहुन्छ ।

केसीले उत्पादन गरेका बिरुवा हाल गुल्मी जिल्लासँगै अर्घाखाँची, पाल्पा, प्युठान, बाग्लुङ, कास्की र धरान लगायतका ठाउँमा पुग्ने गरेका छन् । उहाँको नर्सरीमा रु एक देखि रु ६० सम्म मुल्य पर्ने घाँसका बिरुवा रहेका छन् । केसीको नर्सरीमा इपील–इपील, राईखन्यु र नेपियर लगायतका बिरुवा छन् ।

सिंचाई
Forest
Ad.

मदाने गाउँपालिकाबाट पनि राम्रो सहयोग भएको भन्दै घाँस खेतीबाट आफु सन्तुष्ट रहेको केसी बताउनुभयो । “चारैतर्फबाट सहयोग छ, गाउँमै किसानी गर्दा सबैले प्रशंसा गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “बिदेशमा उमेर रहुन्जेलको जीवन बिताउन भन्दा गाउँमै केही गनुपर्छ भन्ने प्रेरणा मिलेको छ ।” सिँचाईमा भने केही असहजता भएको उहाँले गुनासो गर्नुभयो ।

पछिल्लो समय ग्रामीण भेगमा व्यावसायिक पशुपालन बढ्दै गएको छ । तर, घाँसको भने अभाव रहेको छ । हरियो घाँसको प्रयोग झनै घट्दै गएको छ । जसका कारण आफुमा घाँसको व्यवसायिक खेती सुरु गर्ने धारणा जागेको किसान गोपाल केसीले बताउनुभएको छ । उहाँको फर्मबाट सिजनमा दैनिक पाँच जनाले रोजगारी पाउने गरेका छन् ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो