प्रकाश घिमिरे, गुल्मी: श्रीमानको मृत्युपछि बेसहारा जीवन बिताईरहेकी मधु कुमालको परिवारलाई समाजसेवी लिल बहादुर थापालेसहयोग गर्नुभएको छ।
२६ वर्षकै उमेरमा एकल महिला भई सहाराविहीन बनेकी गुल्मीको ईस्मा गाउँपालिकाकी मधुको परिवारलाई बाँके जिल्ला खजुरागाउँपालिका-४, डिगाउँ स्थायी घर भई हाल संयुक्त राज्य अमेरीकामा रहनुहुने थापाले २५ हजार बराबरको खाध्यान्न, स्टेशनरी सामाग्रीसहयोग गर्नुभएको हो ।
कुमालको अवस्थाका बारे जिटिभि नेपालको कार्यक्रम संघर्षका कथामा प्रशारित सामाग्री हेरेर थापाले सहयोग रकम पठाउनुभएको थियो। उक्त सहयोग सामाग्री जिटिभि नेपालका अध्यक्ष दिपक नेपालीले घरमै पुगेर हस्तान्तरण गर्नुभएको हो ।
१ महिना अगाडी मात्रै श्रीमानको मृत्यु भएपछि भर्खरै किरिया सकेकी उनले आफ्ना स-साना ५ सन्तानको पालन पोषण गर्न कठिनाईभएको बताएकी थिईन् । घरको छतबाट खसेर उनका श्रीमानको मृत्यु भएको हो । उनको आफ्नो बस्ने बास समेत छैन् । छिमेकीकोगोठमा आश्रय लिएर उनी बसेकी छिन् ।
कलिलै उमेरमा पति बियोगसगैं कलिला सन्तानको पालन पोषण र शिक्षा दीक्षामा सहयोग होस् भनेर अमेरीकाबाट सहयोग पठाउनेसमाजसेवी थापालाई कुमालले धन्यवाद व्यक्त गरिन ।
समाजसेवी थापाले सानो उमेरमा ५ सन्तानसगै श्रीमानको मृत्यु र घरको वास्तविक अवस्था थाहा पाएपछि सहयोग गरेको बताउनुभयो ।
समाजसेवी लिल बहादुर थापाले नियमित रुपमा देशका विभिन्न ठाउँमा रहेका विपन्न, असहाय र बेसहाराहरुलाई सहयोग गर्दै आउनुभएको छ । उहाँले ३ जना विपन्न नागरिकको व्यक्तिगत खर्चमा घर निर्माण गरिदिनुभएको थियो ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










