Smoking Causes Cancer

मुसिकोट नगरपालिका भित्र १ सय ८ विपन्न परिवारका घरको छाना जस्तापाताले छाईने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

सागर भण्डारी, गुल्मी: सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत मुसिकोट नगरपालिका भित्रका १ सय ८ घर छनौटमा परेका छन्।

वडा कार्यालयको सिफारिसमा नगरभित्र रहेका अति विपन्न परिवारलाई जस्तापाता वितरण गर्ने गरी उक्त संख्याका घरधुरी छनौटमा परेको मुसिकोट नगरप्रमुखका स्वकीय सचिव सुरज भट्टराईले जानकारी दिनुभयो।

नेपाल सरकार सहरी विकास मन्त्रालयको क्रमागत कार्यक्रम अन्तर्गत आ.व. २०७९/८० र २०८०/८१ मा कार्यान्वयनगर्ने गरि मुसिकोट नगरपालिकाबाट १०८ जना लाभग्राहीहरू सुरक्षित नागरिक आवास कार्यक्रममा छनौट भएको उहाँले बताउनुभयो।

सिंचाई
Forest
Ad.

छनौट भएका लाभग्राहीहरूका लागि असार २२ गतेभित्र सम्झौताको लागि सम्बन्धित वडा कार्यालय वा नगरपालिकामा सम्पर्क गर्न समेत नगरपालिकाले अनुरोध गरेको छ।

छनौट भएका घर मध्ये वडा नं १ का १७ जना वडा नं २ का १४ जना, वडा नं ३ का १० जना, वडा नं ४ का १५ जना, वडा नं ५ का ११, वडा नं ६ का १३ जना, वडा नं ७ का १० जना, वडा नं ८ का १३ जना र वडा नं ९ का ५ जना रहेका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो