Smoking Causes Cancer

गुल्मीमा खोलाले बगाउँदा बाबुको मृत्यु, छोरी बेपत्ता



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीमा खहरे खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।

जिल्लाको मालिका गाउँपालिका-२ दर्लिङमा खहरेले स्थानीय ४१ बर्षीय लिलबहादुर घर्ती र उनकी ८ बर्षकी छोरी बिन्दुलाई शनिबार राति बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए।

लिलबहादुरको शव ८० मिटर तल भेटिएको छ भने छोरी बेपत्ता रहेको उनले बताए।

सिंचाई
Forest
Ad.

बेपत्ताको खोजीका लागि जिल्ला प्रहरी कार्यालय, वामी प्रहरी चौकी र पौदी अमराइ प्रहरीचौकीबाट प्रहरी परिचालन गरिएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो