Awareness

रेसुंगाद्वारा नीति तथा कार्यक्रम पेश: शिक्षा र पर्यटनलाई प्राथमिकता

खबर

Place for ads

टोपलाल अर्याल, गुल्मी: रेसुंगा नगरपालिकाले आ.व.०८०/८१ को नीति तथा कार्यक्रम नगरसभामा पेश गरेको छ। नीति तथा कार्यक्रममा पर्यटन विकासलाई जोड दिइएको छ।

आगामी आर्थिक बर्षलाई भ्रमण बर्षको रुपमा मनाउने र कम्तिमा प्रत्येक वर्ष १ लाख पर्यटक भित्राउने उदेश्यले पर्यटन सूचना केन्द्र स्थापना तथा सञ्चालन गर्ने नीति लिएको छ । पर्यटनलाई बढवा दिन नयाँ योजनाको रुपमा निजीक्षेत्रको लगानीमा रेसुङ्गा क्षेत्रमा जीपलाइन, बञ्जिजम्प, प्याराग्लाइडिङ्ग, घोडचडीजस्ता साहसिक खेलहरू सञ्चालन गर्न पहल गरिने नीतिमा उल्लेख छ ।

Get Vaccinated

यसैं वर्षदेखि जिपलाईन तयार गरी सञ्चालन कार्य अगाडि बढाइने मेयर खिलध्वज पन्थीले जानकारी दिए। त्यस्तै शिक्षा तर्फ सबै छोराछोरीलाई सामुदायिक विद्यालयमा अध्ययन गराउने अभिभावकलाई सम्पत्ति करमा विशेष छुट दिने नयाँ नीीत तथा कार्यक्रमको घोषणा गरिएको छ।

रेसुङ्गा बहुमुखि क्याम्पसमा स्नातक तहमा भर्ना भएरअध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्ने, प्राविधिक धारतर्फका कार्यक्रमहरू सञ्चालन गर्ने र शिक्षा क्षेत्रमा गुणात्मक फड्को मार्ने उद्देश्यले राष्ट्रिय रूपमा ख्याति प्राप्त विद्वानहरूको सहयोगमा एउटा शैक्षिक सम्मेलनको आयोजना गरिने लगायतका शिक्षाका नीति तथा कार्यक्रम रहेका छन्।

त्यस्तै पुर्वाधार तर्फ दीर्घकालिन महत्वका भौतिक पूर्वाधार रेसुङ्गा समुन्नतिको बलियो आधार भन्ने मूल नाराका साथ समग्र पूर्वाधार निर्माणमा जोड दिने नीति रहेको छ । जसका लागि गुल्मीको समुन्नतिको आधारको रूपमा रहेको राष्ट्रिय राजमार्गसँग जोड्ने सालझण्डी९ढोरपाटन राजमार्गको सहायक राजमार्गको रूपमा रहेको सालझण्डी पटौती दुर्गाफाँट खर्ज्याङ्ग राङ्बास सिमिचौर तम्घास सडक कालोपत्रे गरी छिटो सञ्चालनमा ल्याउने, लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने पोखरा बाग्लुङ्ग वामी इन्द्रेगौडा छल्दी पनाह पुर्कोटदह सौतामारे भालुबाङ्ग सडकको बाँकी खण्डको कालोपत्रे गर्ने कार्य पुरा गर्न दुबै प्रदेश सरकारको ध्यानाकृष्ट गराइने मेयर पन्थीले बताए ।

मझेङ्ग लिफ्टिङ्ग खानेपानी आयोजनाको पहिलो चरणको कार्य सम्पन्न हुने चरणमा रहेको हुँदा यसलाई छिटो सम्पन्न गरी दोस्रो चरणको निर्माण कार्य अगाडि बढाउन पहल गरिने, प्रत्येक वडा कार्यालयसम्म पुग्ने सडक क्रमश कालोपत्रे गरी नियमित यातायात सञ्चालनको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

Awareness by SKF

स्वास्थ्य तर्फ गर्भवती महिलाहरूका लागि नगर घुम्ती अल्ट्रासाउण्ड सेवाको सुरुवात, विद्यालय साथी शिक्षा कार्यक्रम र गुल्मी अस्पतालको विशेषज्ञ चिकित्सकको प्रोत्साहनलाई निरन्तरता दिइएको छ। त्योसंगै सुशासन तथा संस्थागत विकास, स्वास्थ्य। कृषि तथा पशुपालन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ विभिन्न नीति तथा योजनाहरु समावेश गरिएको छ ।