Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीका कुँवरले व्यक्तिगत लगानीमा बनाउँदैछन् अन्तराष्ट्रिय क्रिकेट रंगशाला



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

बुटवल: रुपन्देहीको तिलोत्तमामा निजी लगानीमा क्रिकेट रंगशाला निर्माण हुने भएको छ।

तिलोत्तमा १७ पुर्व दरखसवामा पौने ५ विघा क्षेत्रफलमा २५ हजार दर्शक क्षमताको रंगशाला बन्न लागेको हो। यो निजी लगानीमा बन्ने नेपालको पहिलो क्रिकेट रंगशाला हो। एक्स्ट्राटेक ओभल नामाकरण गरिएको रंगशालाको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले शिलान्यास गरेका छ्न्।

गुल्मीबाट तिलोत्तमामा बसाइँ सरेका र ९ वर्ष अस्ट्रेलियामा सूचना प्रविधि क्षेत्रको व्यवसाय गर्दै आएका विनोद कुँवर र सुदिच्छा गौतमको लगानीमा बन्ने रंगशाला पहिलो वर्ष ५ हजार दर्शक क्षमताको बनाइने र हरेक वर्ष ५ हजार क्षमता थप्दै ४ वर्षमा २५ हजार क्षमताको बनाउने लक्ष्य छ।

सिंचाई
Forest
Ad.

यो क्रिकेट रंगशाला होस्टेलसहित एकेडमी र तालिम केन्द्र सहितको हुने विनोद कुंवरले बताए। आफू क्रिकेटको पारखी भएकाले यसको बिकास मा योगदान गर्न रंगशालामा लगानी गरेको बताए।

चार तलाको भवन सहितको रंगशालामा एकेडेमी र तालिम केन्द्र सञ्चालनका लागि पुर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनलाई जिम्मेवारी दिइएको एक्स्ट्राटेक ओभल प्रालिका चिफ अपरेटिङ अफिसर सुदिच्छा गौतमले बताइन्।

एक वर्षमा क्रिकेट प्रतियोगिता गर्न मिल्ने गरी रंगशालामा ८ सय ट्रक माटो हालेर जग्गा सम्याउने काम भइसकेको विनोद कुँवरले बताए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो