Salime Malika Krishi Farm

Awareness Campaign

पश्चिम बागलुङका स्थानीय तहहरु बिच साझा योजना बनाएर अगाडी बढ्ने सम्झौता



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

प्रकाश घिमिरे, गुल्मी: पश्चिम बागलुङका ४ वटा स्थानीय तहहरुले साझा योजना बनाएर अगाडी बढ्ने निर्णय गरेका छन्।

बिहिवार सम्पन्न स्थानीय तहहरुको अन्तर स्थानीय तह सहकार्य र समन्वय बैठकमा अन्तर स्थानीय तहबीच सम्बन्ध विस्तारसंगै पश्चिम क्षेत्रको समग्र विकास र साझा सरोकारका विषयहरुमा साझा योजना बनाएर जाने निणर्य भएको हो ।

संघीय मामिला मन्त्रालयले समेत दुई वा दुईभन्दा बढी पालिका मिलेर काम गरेको खण्डमा नम्बर दिने नीति बनाएको छ । पश्चिम बागलुङका बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, निसिखोला गाउँपालिका र तमानखोला पालिकाले पनि साझा योजनाको खोजी गरि ती योजनाहरुमा संयुक्त रुपमा काम गर्ने निणर्य गरेको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो ।

सिंचाई
Forest
Ad.

बैठकले केही साझा योजनाहरु छनौट गरी सहकार्य गरि अगाडी बढ्ने निणर्य गरेको उहाँको भनाई छ । बैठकले पुष्पलाल मध्यपहाडी राजमार्गको बागलुङ- अछेते र अछेते- घोडाबाँधे सडक खण्डको निर्माण कार्यमा ढिलासुस्ति हुंदा जिल्लाका ८ वटा पालिकाहरुलाई आवत जावत गर्न कठिनाई भै प्रभावित भएकाले उक्त सडक खण्ड समयमै सम्पन्न गर्ने व्यवस्था मिलाउन पुष्पलाल मध्यपहाडि राजमार्ग आयोजना कार्यालय पर्वत र नेपाल सरकारलाई अनुरोध गर्ने निणर्य गरेको छ ।

त्यस्तै ४ वटै पालिकाले ढुङ्गा, गिट्टी, बालुवा तथा खानीजन्य पदार्थको उत्खनन, संकलन विक्रि वितरणको लागि संभाव्यता अध्ययन गर्ने, ४.पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लालाई जोडने महत्त्वपूणर् सडकको रुपमा रहेको तकसेरा -निसेलढोर-ढोरपाटन-गुर्जाघाटक हुदै म्याग्दी जोडने सडक निर्माणको अनुमतिका लागि ढोरपाटन शिकार आरक्ष कार्यालय र नेपाल सरकारलाई अनुरोध गर्ने निणर्य समेत गरेको छ ।

जिल्ला समन्वय समितिको आयोजनामा भएको बैठकले बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई विशेषज्ञ सेवा सहितको ५० शैयाको प्रादेशिक अस्पतालको रुपमा विकास गर्न पहल गर्ने, निसीभुजी जनता क्याम्पसलाई त्रिभुवन विश्व विद्यालयको आंगिक वा प्राविधिक क्याम्पसको रुपमा विकास गरी उच्च शिक्षा दिने व्यवस्था मिलाउन नेपाल सरकारलाई अनुरोध गर्ने, उत्तरगंगा जलासय युक्त परियोजना निर्माण कार्य तिव्र रुपमा अगाडि बढाउन नेपाल सरकारलाई अनुरोध गर्ने, चारवटै पालिकाको फोहर मैला व्यवस्थापन गर्न ल्याण्ड फिल साईट निर्माण गर्न जग्गा व्यवस्थापनका लागि संभाव्यता अध्ययन गर्ने, कृषि उपजको बजारीकरण गर्न साझा बजार तथा हाट बजार संचालनको लागि जग्गा व्यवस्थापनका लागि संयुक्त रुपमा संभाव्यता अध्ययन गर्ने र ढोरपाटन नगरपालिका वडा नं ६ र तमानखोला गाउँपालिका वडा नं २ बराहताल क्षेत्रमा दुई पालिका बिचको सिमा विवाद मिलाउन जिल्ला समन्वय समितिको समन्वयमा आवश्यक पहल गर्ने समेत निणर्य गरेको छ ।

बैठकले स्थानीयत हहरुको समृद्धि र विकासका लागि साझा सरोकारका विषयहरु पहिचान, खोजी र संभाव्यता अध्ययन गरी उपयुक्त देखिएका क्षेत्रहरुमा सहकार्य र समन्वय गरी संयुक्त लगानी र कार्यान्वयन गर्न बडिगाड गाउँपालिका अध्यक्ष ण्डकी थापा अधिकारीको सयोंजकत्वमा समिति समेत निर्माण गरेको छ ।

Awareness by SKF

यस्ता छन् बैठकका निर्णय:
१.ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका,तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकाले संचालन गरेका कार्यक्रम तथा गतिविधिहरुका बारेमा छलफल भै समिक्षा गरियो ।

२. पुष्पलाल मध्यपहाडि राजमार्गको बागलुङ- अछेते र अछेते- घोडाबाँधे सडक खण्डको निर्माण कार्यमा ढिला सुस्ति हुंदा जिल्लाका ८ वटा पालिकाहरुलाई आवत जावत गर्न कठिनाई भै प्रभावित भएकाले उक्त सडक खण्ड समयमै सम्पन्न गर्ने व्यवस्था मिलाउन पुष्पलाल मध्यपहाडि राजमार्ग आयोजना कार्यालय पर्वत र नेपाल सरकारलाई अनुरोध गर्ने ।

३.पालिकाहरुको आन्तरीक राजश्वमा वृद्धि गरी आत्म निर्भर गराउन ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकाले ढुङ्गा, गिट्टी, बालुवातथा खानीजन्य पदार्थको उत्खनन, संकलन विक्रि वितरणको लागि संभाव्यता अध्ययन गर्नुका साथै कानुनी प्रक्रिया पुरा गरी संभावित स्थानहरुमा आगामी आ.ब.मा ठेक्का पट्टाको कार्य अगाडि बढाउने निर्णय गरियो ।

४.पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लालाई जोडने महत्त्वपूर्ण सडकको रुपमा रहेको तकसेरा -निसेलढोर –ढोरपाटन-गुर्जाघाटक हुदै म्याग्दी जोडने सडक निर्माणमा ढोरपाटन शिकार आरक्ष कार्यालयले अनुमति नदिएकाले सो सडक निर्माणको अनुमतिका लागिढोरपाटन शिकार आरक्ष कार्यालय र नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरियो ।

५.बुर्तिवाङमा रहेको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई विशेषज्ञ सेवा सहितको ५० शैयाको प्रादेशिक अस्पतालको रुपमा विकास गरी चार वटै पालिकाहरुलाई सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन प्रदेश सरकार र नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरियो ।

६.चारवटै पालिकाको केन्द्रमा रहेको निसीभुजी जनता क्याम्पसलाई त्रिभुवन विश्व विद्यालयको आंगिक वा प्राविधिक क्याम्पसको रुपमा विकास गरी उच्च शिक्षा दिने व्यवस्था मिलाउन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरियो ।

७.लुम्बिनी-प्यूठानको स्वर्गद्वारी- ढोरपाटनको उत्तरगंगा -तमानको सोलेडाँडा- म्याग्दीको गलेश्वर र मुस्ताङको मुक्तिनाथ हुंदै कोरोला जोडने धार्मिक पर्यटकिय सडकको निर्माण प्रक्रिया अगाडि बढाउन प्रदेश सरकार र संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरियो ।

८.उत्तरगंगा जलासय युक्त परियोजना निर्माण कार्यमा ढिलासुस्ति भएकाले उक्त आयोजनाको निर्माण कार्य तिव्र रुपमा अगाडि बढाउन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरियो ।

९.खाद्य पदार्थको गुणस्तरीयता कायम गर्न खाद्य गुणस्तर मापन केन्द्र स्थापनाका लागि संयुक्त रुपमा संभाव्यता अध्ययन गर्ने निर्णय गरियो ।

१०.चारवटै पालिकाको फोहर मैला व्यवस्थापन गर्न ल्याण्ड फिल साईट निर्माण गर्न जग्गा व्यवस्थापनका लागि संभाव्यता अध्ययन गर्ने निर्णय गरियो ।

११.चारवटै पालिकाकोकृषि उपजको बजारीकरण गर्न साझा बजार तथा हाट बजार संचालनको लागि जग्गा व्यवस्थापनका लागि संयुक्त रुपमा संभाव्यता अध्ययन गर्ने निर्णय गरियो ।

१२.ढोरपाटन नगरपालिका वडा नं ६ र तमानखोला गाउँपालिका वडा नं २ बराहताल क्षेत्रमा दुई पालिका बिचको सिमा विवाद मिलाउन जिल्ला समन्वय समितिको समन्वयमा आवश्यक पहल गर्ने निर्णय गरियो ।

१३.स्थानीयतहहरुका समृद्धि र विकासका लागि साझा सरोकारका विषयहरु पहिचान, खोजी र संभाव्यता अध्ययन गरी उपयुक्त देखिएका क्षेत्रहरुमा सहकार्य र समन्वय गरी संयुक्त लगानी र कार्यान्वयन गर्न तपशिल बमोजिमको अन्तर स्थानीयतहको संयुक्त समिति गठन गर्ने निर्णय गरियो।

तपशिल:
१.संयोजक –गण्डकी थापा अधिकारी- अध्यक्ष -बडिगाड गाउँपालिका
२.उप-संयोजक-जोकलाल बुढा–अध्यक्ष-तमानखोला गाउँपालिका
३.सदस्य-सुर्य बहादुर घर्ती-अध्यक्ष-निसीखोला गाउँपालिका
४.सदस्य-धन वहादुर कायत-उप-प्रमुख- ढोरपाटन नगरपालिका
५.सदस्य- हिरा कुमारी छन्त्याल-उपाध्यक्ष-तमानखोला गाउँपालिका
६.सदस्य- प्रेम बहादुर घर्ति मगर -उपाध्यक्ष-निसीखोला गाउँपालिका
७.सदस्य- भिमसेन वन –उपाध्यक्ष-बडिगाड गाउँपालिका
८.सदस्य -प्रमुख प्रशासकीय अधिकृत- ढोरपाटन नगरपालिका
९.सदस्य-सचिव- प्रमुख प्रशासकीय अधिकृत-बडिगाड गाउँपालिका

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो