Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा दूर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरी कार्यालयका अनेकौँ कार्यक्रम



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका ट्राफिक प्रहरीहरु बुधवार मुसिकोट नगरपालिका ७ वामीटक्सार बजारमा सडकमा चल्ने सवारी साधन रोक्दै थिए । यसरी रोकिएका सवारीका चालकहरुलाई ट्राफिक प्रहरीले नजिकै रहेको स्वास्थ्य शिविरमा लगे र स्वास्थ्य परीक्षण गराए।

रिडि रुद्रवेणी वामीटक्सार सडक खण्ड भएर चल्ने लामो तथा छोटो दुरीका सवारी साधनका चालकहरुको स्वास्थ्य परिक्षण र आँखा चेकजाँचका लागि यसरी सवारी साधनलाई रोकेर जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले सडकमै निःशुल्क शिविर सञ्चालन गरेको छ।

गुल्मी यातायात प्रालिको समेत आयोजनामा भएको चालकको स्वास्थ परिक्षण तथा आँखा जाँच कार्यक्रम धेरैले अनौठो मानेका थिए । यसरी सडकमै सवारी चालकहरुको स्वास्थ्य परिक्षण र आँखा चेकजाँच गर्ने कार्य गरेको भन्दै धेरैले ट्राफिक कार्यालयको प्रशंसा गरे।

सिंचाई
Forest
Ad.

लाइसेन्स लगायतका कागजपत्र मात्र जाँच गर्ने ट्राफिक प्रहरीले आफूहरूको स्वास्थ्य परीक्षण गर्ने यस्तो अभियान चलाएकामा सवारी चालकहरू खुसी भएका छन् । ‘हामी अस्पताल गएर लाइनमा बस्नुपथ्र्यो, तर आज सजिलो र छिटो बाटोमै स्वास्थ्य जाँचियो,’ चालक सुरेन्द्र सुनारले भने, ‘यो राम्रो काम हो । यो काम कम्तिमा पनि ३ महिनामा एकपटक गर्न सके आभारी हुने थियौँ।’

उक्त कार्यक्रममा ७८ जना चालकहरुको स्वास्थ्य चेकजाँच सगैं आँखाको परिक्षण गरिएको थियो । श्री कृष्णहरी रुद्रावती सापकोटा आँखा उपचार केन्द्र र वामी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले उनीहरुको स्वास्थ्य परिक्षण तथा आँखाको चेकजाँच गरेका थिए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले केही दिन यता जिल्लाका विभिन्न ठाउँमा स्वास्थ्य जाँच र आँखाको परिक्षण सगैं सवारी साधनको समेत चेकजाँच गरिरहेको छ । सवारी चालकलाई आफ्नो स्वास्थ्यप्रति सजग गराई अस्वस्थताका कारण हुने दुर्घटना कम गराउन मद्दत पुग्ने भएकाले यसरी सडकमै स्वास्थ्य परीक्षणको शिविर सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक कृष्ण प्रसाद आचार्यले बताउनुभयो।

चालकको रक्तचाप र आँखाको परिक्षण गरिएकोमा २२ जनामा आँखाको समस्या देखिएको छ । उनीहरुलाई विभिन्न सुझावहरु दिएर थप उपचारका लागि पठाईएको छ । साथै सोहि अवसरमा रातको समयमा हुन सक्ने दुर्घटना लाई न्युनिकरण गर्ने उद्धेश्यले ७ वटा ट्याक्टरहरुमा समेत रिफ्लेक्टर स्टिकर टाँस गरी चालकहरुलाई ट्राफिक जनचेतना मुलक प्रशिक्षण समेत दिईएको छ ।

Awareness by SKF

चालकलाई रिफ्रेस बनाउनुका साथै आफुले चलाएको सवारीसाधनको अवस्था र स्वयं चालकको स्वास्थ्यबारे जानकारी दिने लक्ष्यका साथ स्वास्थ्य परीक्षण गरिएको ट्राफिक प्रहरीले जनाएको छ । वामीटक्सार भएर चल्ने यात्रुबाहक सवारी साधनको यान्त्रिक अवस्थाका बारेमा परीक्षण गर्नेसगैं अन्य सवारी साधनको अवस्थाको बारेमा समेत चेकजाँच गर्ने कार्यक्रम केही दिन भित्र गर्ने तैयारी भईरहेको ट्रफिक कार्यालयले जनाएको छ ।

शिविरको लागि मुसिकोट नगरपालिका, श्री कृष्णहरी रुद्रावती सापकोटा आँखा उपचार केन्द्र पत्रकार महासघ गुल्मी लगायतले सहयोग एब सहजीकरण गरेका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले यसबाहेक दूर्घटना न्यूनिकरणका लागि विभिन्न ठाउँमा चल्ने ठुला सवारी साधनहरुका चालक, सहचालक, यात्रु ,पैदल यात्रु र सर्वसाधारणहरु लाई विभिन्न जनचेतनामुलक प्रशिक्षण समेत दिँदै आएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो