Smoking Causes Cancer

यात्रुको चाप बढेकोले रेसुङ्‍गा विमानस्थलबाट हप्ताको दुई दिन उडान हुने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको रेसुङ्‍गा विमानस्थलबाट सातामा दुई दिन उडान हुने भएको छ। सो विमानस्थलबाट नेपाल वायुसेवा निगमको जहाजलले हप्ताको एक दिन शुक्रबार मात्रै उडान गर्दै आएको थियो।

जिल्लाबाट नियमित हवाई सेवा सुरु भइरहँदा यात्रुको निकै चाप बढेको छ । १८ सिटे क्षमताको जहाज भएपनि यहाँबाट ६० देखि ७० जना सम्मका यात्रुले सिटको माग गरेको थिए।

त्यसैलाई मध्य नजर राखेर नेपाल एयरलाइन्सको जहाजले हप्ताको एक दिन थपेर बुधबार उडान हुने भएको रेसुङ्‍गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए । अब रेसुङ्‍गा विमानस्थलबाट बुधबार र शुक्राबार दुई दिन उडान हुनेछ।

सिंचाई
Forest
Ad.

रेसुङ्‍गा विमानस्थलबाट काठमाडौंसम्मको भाडा प्रतिव्यक्ति ६ हजार ३ सय रुपैयाँ लाग्नेछ । त्यस्तै काठमाडौंबाट रेसुङ्‍गा विमानस्थलसम्म ६ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

काठमाडौंबाट रेसुङ्‍गा विमानस्थलका लागि बिहान ६ बजेर ३० मिनेटमा जहाज उडान हुने र बिहान ७ बजेर ४५ मिनेटमा रेसुङ्‍गा विमानस्थलबाट काठमाडौं फर्किने समय तालिका रहेको छ । काठमाडौंबाट रेसुङ्‍गा विमानस्थलसम्मको दुरी ५० मिनेटको रहेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो