Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा सवारी साधनमै पुगेर नागरिकता प्रदान



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

अनिल खत्री, गुल्मी: जिल्ला प्रशासन कार्यालय गुल्मीले मुसिकोट नगरपालिकाका अपांगता भएका २ जनालाई सवारी साधनमै पुगेर नागरिकता प्रदान गरिएको छ। प्रशासन कार्यालयको परिसरमा नागरिता लिन पुगेका जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–१ निवासी पार्वती थापा मगर र वडानम्बर ५ निवासी निर्मल खरेलेलाई प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सवारी साधनमै पुगेर नागरिकता प्रदान गर्नुभएको हो।

नागरिकता लिने थापा र खरेल जन्मजात पूर्ण अपांगता भएका व्यक्ति हुन् । उहाँहरुले अपांगता भएकै कारणले नागरिकता प्राप्त गर्न सकेका थिएनन्।

नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका थापा र खरेलले कुनैपनि कार्यगर्न नसक्ने भएकाले प्रशासनका कर्मचारीको सहयोगमा गाडिमै नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी केसीले बताउनुभयो । पूर्ण अपांगता भएका पार्वती र निर्मल नागरिकता बनाएपछि सामाजिक सुरक्षा भत्ता सहज हुने भएको छ।

सिंचाई
Forest
Ad.

छोरीको नागरिकता बनाउन पुगेकी छमि थापा मगरलेले सावारी साधनमै नागरिकता प्रदान गरेकोमा प्रशासन कार्यालयलाई धन्यवाद दिनुभयो । जिल्ला प्रशासन कार्यालय गुल्मी पूर्ण अशक्त नागरिकको घरमै गएर नागरिकता प्रदान गर्ने गरेको छ।

नागरिकता नभएकै कारण राज्यबाट प्राप्त हुने सेवा सुबिधाबाट बञ्चित नहोउन भन्ने उदेश्यले बिभिन्न समयमा नागरिकको घरदैलोमै पुगेर पनि नागरिकता प्रदान गर्दै आएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत नरेश गिरीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो