Salime Malika Krishi Farm

Awareness Campaign

ढोरपाटनका मेयर नेपाली विरुद्ध ७०० बढी बचतकर्ताको उजुरी



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

पोखरा: बागलुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका इमेज सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीविरुद्ध ७ सय ७ जनाले उजुरी दिएका छन् । बचतकर्ताको रकम हिनामिना पारी नेपाली फरार भएपछि जिल्ला प्रहरी कार्यालय बागलुङमा आइतबार बेलुकासम्म ७ सय ७ जनाको उजुरी परेको हो।

ढोरपाटनका मेयर नेपाली ५ जेठदेखि फरार छन् । इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गते गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो । तर अहिलेसम्म उनीहरुको अत्तोपत्तो छैन।

बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप उनीमाथि छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जेठ १६ गते नेपालीसहित पदाधिकारीले बचतकताएको अर्बौं रकम अपचलन गरी संगठित ठगी गरेकाले उनीहरुविरुछ उजुरी लिन पत्राचार गरेको थियो।

सिंचाई
Forest
Ad.

जिल्ला प्रहरी कार्यालय बागलुङले जेठ २१ गते बचत रकमसहित प्रमाण जुटाएर उजुरी दिन आह्वान गरेको थियो । जसअनुसार आइतबार बेलुकासम्म ७०७ जनाले रकम मागदाबीसहित उजुरी गरेको र अझै ४ हजारभन्दा बढी संख्यामा बचतकर्ताको उजुरी आउनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले जानकारी दिए।

‘आज बेलुकासम्म आएका ७०७ जनाको उजुरीमा ८४ करोड ४६ लाख रुपैयाँ बचत रकम पाउनुपर्ने दाबी गरिएको छ,’ डीएसपी केसीले भने, ‘अझै ४ हजार बढी बचत कर्ता रहेको अनुमान छ।’

इमेज सहकारीको बागलुङ बजार, गलकोट र बुर्तिबाङमा गरी ३ वटा शाखा बागलुङमा मात्र छन् भने पोखरा सिर्जनाचोकमा समेत यसको शाखा छ । बागलुङमा मात्र २ अर्बभन्दाब बढी रकम हिनामिना भएको अनुमान गरिएको छ । पोखरा सिर्जनाचोकमा रहेको सहकारीका बचतकर्ताले पोखरा महानगरको सहकारी महाशाखा र जिल्ला प्रहरी कार्यालयमा धाइरहेका छन् । बागलुङ र पोखरा दुबै ठाउँमा बचतकर्ताका संघर्ष समिति नै बनाएर धर्ना तथा दबाब कार्यक्रम गरिरहेका छन्।

पोखराका इमेज पीडित संघर्ष समिति, पोखराका अध्यक्ष हरिबहादु खत्रीले महानगर र प्रहरी कार्यालयमा धाइरहेको भए पनि यसै हुन्छ भन्ने अवस्था नरहेको र प्रहरीले उजुरीसमेत नलिएको बताए।

Awareness by SKF

पोखरामा सञ्चालक समिति नै कीर्ते गरेर राखिएको भन्दै पदाधिकारीले नै प्रहरीमा उजुरी दिएको खत्रीले बताए । ‘महानगरले वैशाख ३ गतेतिर संस्थापक अध्यक्ष देवकुमारसहित बैठक राखेर हिसाब मिलाउने छलफल गराएको थियो, तर २ दिनपछि नै अध्यक्ष फरार भए’, खत्रीले भने, ‘पोखरामा ५ वर्ष अघि नै विदेश गइसकेका व्यक्ति पनि सञ्चालक समितिको सदस्य भएको पाइएको छ।’

पोखरामा करिब ५० करोड बचतकर्ताको रकम हिनामिना भएको र करिब २० करोड बचतकर्तालाई भौचर दिएर सिस्टममा नराखिएको अनुमान गरिएको खत्रीको भनाइ थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर श्रीराम तिमिल्सिनाले अझै केही अनुसन्धानकै क्रममा रहेकाले उजुरी नलिइएको जानकारी दिए । –अनलाइन खबर

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो