Smoking Causes Cancer

गुल्मीका रामु विक ५ दिन देखि बेपत्ता



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको सदरमुकाम तम्घासमा डेरा गरी विभिन्न स्थानमा घर भवन बनाउ हिड्ने पुर्कोटदहका रामु बिक काम गर्ने स्थानबाटै गत ५ दिन अघि देखि बेपत्ता भएका छ्न । मुसिकोट नगरपालिका-५, आँपचौर स्थित कफि विकास केन्द्रको भवन निर्माणको ठेक्का लिएर उतै बसेका उनी गत आइतबार देखि सम्पर्कविहिन भएको उनकी श्रीमति कमला सेन बिकले बताइन। ३४ वर्षिय बिकको फोन लोकेशन बुटवल तर्फ भेटिएको परिवारजनको भनाइछ।

अघिल्लो दिन साँझ सम्म श्रीमतिको सम्पर्कमा छदा उनी आर्थिक तनावमा परे जस्तो कुरा व्यक्त गरेको श्रीमति कमाले बताइन । पिर-चिन्तामा रहेकी श्रीमतिले प्रहरीमा खोजतलासका लागि निबेदन दिदै मिडियाको सहारा समेत लिएकी हुन। बेपत्ता बिकको नम्बर ९८४२८५७८४४ रहेको छ। उनलाई देख्नु भेट्नु हुने महानुभावले ९७४६४७९१६७ मा वा नजिकको प्रहरी चौकिमा सुचित गरिदिन अपिल गरिएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले लोकेशन देखाएको स्थानको प्रहरीलाई परिपत्र गरेको जनाएको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो