Hi-Speed Computer

Awareness Campaign

काठमाडौंका मेयर बालेन शाहको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले साहसिक निर्णय लिँदै आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाएका छन्। भारतले आफ्नो नयाँ संसद भवनमा नेपालका भू-भागसमेत समावेश गरेर ‘अखण्ड भारत’ को नक्सा राखेपछि शाहले त्यसलाई काउन्टर दिएका हुन्।

महानगर स्रोतकाअनुसार मेयरको कार्यकक्षमा दुई-तीन दिनअघि नयाँ नक्सा राखिएको हो । शाह भने अहिले पत्नीको उपचारका लागि भारतको बैंगलौरमा छन् । उनले भारत जानुअघि यो नक्सा राख्न निर्देशन दिएका थिए । फर्किएलगत्तै नयाँ नक्साको पृष्ठभूमिमा तस्वीर खिचाएर सार्वजनिक गर्ने उनको योजना छ।

हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको नयाँ संसद भवन उद्घाटन गरेका थिए । यस संसद भवनभित्र ‘अखण्ड भारत’ को नक्सा राखिएको सार्वजनिक भएसँगै नेपालमा तीव्र विरोध भइरहेको छ । यो नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समेत समावेश भएका कारण नेपालमा आलोचना भएको हो । नेपाल सरकारले भने यस विषयमा भारतसमक्ष कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालैको भारत भ्रमणमा ‘अखण्ड भारत’ को नक्सालाई उच्चस्तरीय छलफलको विषयवस्तु बनाएनन्।

Forest
Forest
Ad.

हालै मात्र प्रतिनिधिसभाको वैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले नेपालको संसद भवनमा पनि ग्रेटर नेपालको नक्सा राख्न सुझाव दिएका थिए।

के हो ग्रेटर नेपाल?

कुनै समय नेपालको भूभाग पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म फैलिएको थियो । तर, अंग्रेजसँगको युद्धपछि नेपालले आफ्नो ठूलो हिस्सा जमिन गुमाउन पुग्यो । सन् १८१६ को मार्च ४ मा नेपाल र इष्ट इन्डिया कम्पनीबीच सुगौली सन्धी भएको थियो, जसले नेपालको भूभाग मेची-महाकालीमा खुम्च्याइदिएको छ।

Awareness by SKF

भारतबाट अंग्रेज फिर्ता भएपछि नेपालले पनि आफ्नो गुमेको भूमी स्वतः फिर्ता पाउनुपर्ने थियो । तर, तत्कालीन समयमा नेपालले बलियो पहल गर्न नसक्दा मेचीदेखि टिस्टा र महाकालीदेखि सतलजसम्मका भूभाग भारतमै स्थायीरूपमा गाभिन पुगे । भारतले ती जमिन नेपाललाई फिर्ता गर्नुपर्ने आवाज अहिले पनि उठ्ने गरेको छ । राष्ट्रवादी अभियन्ता फणिन्द्र नेपालले ग्रेटर नेपालको प्राप्तिका लागि लामो समयदेखि अभियान नै चलाइरहेका छन्।

भारतले ‘अखण्ड भारत’ को नक्सा राखेसँगै नेपालमा ग्रेटर नेपालको नक्सा चर्चामा आइरहेको छ । युवा पुस्ताले पनि यसबारेमा चासो दिइरहेका छन् । पूर्वटिस्टादेखि पश्चिम काँगडासम्म समेटेर बनाइएको नक्सा नै ग्रेटर नेपालको नक्सा हो। -नेपाल प्रेस 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो