Smoking Causes Cancer

पर्यटकीय क्षेत्रको प्रचार गर्न ‘जाउँ हिँड रेसुंगा’ अभियान सुरु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

 गुल्मी: पर्यटकीय क्षेत्र रेसुंगाको प्रचार प्रसार गर्नका लागि रेसुंगा नगरपालिकाले ‘जाउँ हिँड रेसुंगा’ अभियानको सुरुवात गरेको छ।

आइतबार एक कार्यक्रमका बीच नगरप्रमुख खिलध्वज पन्थीले सो अभियानको सुरुवात गर्नुभएको हो । अभियानको सुरुवात गर्दै पन्थीले रेसुंगा क्षेत्रको प्रचार प्रसार गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि नगरले सो अभियान संचालन गरेको बताउनुभयो । चालु आर्थिक वर्षमा करिब एक लाख आन्तरिक र बाह्य पर्यटकहरुलाई रेसुंगामा ल्याउने गरी आफूहरुले योजना बनाएको उहाँको दाबी छ।

सिंचाई
Forest
Ad.

पर्यटनको माध्यमबाट रेसुंगाको प्रचार प्रसार र युवाहरुलाई रोजगारी सृजना गर्ने गरि आफूले योजना बनाएको उहाँको भनाई छ । अभियानमा जाँउ हिड रेसुंगा लेखिएको टिशर्ट लगाएर रेसुंगासम्म पुगेर फर्किने कार्यक्रम तय भएको हो । रेसुंगा र अयोध्या बिचको सम्बन्ध त्रेता युगदेखि नै रहेको छ।

अयोध्याका राजा दरथलाई सन्तान नभएपछि रेसुंगा क्षेत्रमा तपस्या गरेका ऋषि श्रृङ्गले अयोध्या पुगेर पुत्रेष्टी महायज्ञ गरेपछि सन्तान नभएको कथा रहेको छ । यहि कथा अनुसार रेसुङ्गा र अयोध्या बीच सम्बन्ध रहि आएको विभिन्न बेद पुराणहरुमा उल्लेख छ।

यो सम्बन्धलाई प्रगाढ गर्न भन्दै केहि दिन अघि रेसुंगामा सन्त सम्मेलन गरिएको थियो । अहिले फेरि जाँउ हिड रेसुंगा अभियानले पनि यो सम्बन्धलाई थप प्रगाढ बनाउने संकल्प गरिएको छ । सो अभियानमा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, राजनीतिक दल, सरोकारवाला सहित पत्रकारहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो।

 

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो