Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहोरो, त्यहोरो सुविधा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार, गुुल्मी: गुल्मी अस्पतालका केहि डाक्टरहरुले नेपाल सरकारको चिकित्कस परिचालन कार्यविधि-२०७२ को कबुलीयतनामा विपरित दोहरो सुविधा लिँदै आएको खुलासा भएको छ। नेपाल सरकारबाट छात्रवृत्ति पाई बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन वर्ष एमडि अर्थात स्नाकोत्तर अध्यान गरेर गुल्मी अस्पतालमा आएका हाडजोर्नी विशेषज्ञ डाक्टर प्रदिप सिवाकोटी र मेडिकल जर्नल डाक्टर नर्मा छन्त्यालले यसरी कबुलीयतनामाको धज्जी उठाउँदै दोहोरो तलव सुविधा लिदै आएको खुलासा भएको हो।

नेपाली नागरिकलाई सरकारले नि:शुल्क चिकित्सशास्त्र अध्यापन गराउनु पर्ने माग गर्दै सामाजिक अभियान्ता डाक्टर गोविन्द केसीले लामो समयसम्म आन्दोलन गरेका थिए । त्यही क्रममा आन्दोलनकारी र सरकार बीच भएको वार्ताबाट नेपाली नागरिकलाई सरकारले बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन वर्षसम्म छात्रावृत्तिमा अध्ययन गराउने र विशेषज्ञ चिकित्सक उतिर्ण भईसकेपछि अनिवार्य सरकारी सेवा अर्थात सरकारी अस्पतालमा नवौं तहको सेवा सुविधा लिएर काम गर्नु पर्ने कवुलीयतनामा गरिएको थियो । उक्त कवुलीयतनामा छात्रावृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि-२०७२ को बुँदा नम्वर ३८ मा नि:शुल्क वा छात्रावृत्तिमा अध्यन गर्ने विद्यार्थीले अध्ययन पश्चात नेपाल सरकारले खटाएको दुर्गममा एक वर्ष र सुगममा एक वर्ष काम गर्ने गरी कवुलीयतनामा गर्नु पर्ने व्यवस्था छ । तलव सुविधा नवौं तहको हुने उल्लेख छ । सोही बुँदाको २ मा भनीएको छ विद्यार्थीले कवुलीयतनामा अनुसार काम नगरेमा सम्वन्धित शिक्षण संस्थामा पूर्ण शुल्क तिरेको रकमको दोब्बर रकम जरिवाना गरी निजबाट सरकारी बाँकी सरह अशुल उपर गरिनेछ । यस्तो व्यवस्था हुँदाहुँदै पनि यी दुई विशेषज्ञ डाक्टरले आफूले पाउने तलबको सतप्रतिशत प्रोत्साहन भत्ता अस्पताल विकास समितबाट लिँदै आएको त्यस अस्पालबाट हामीलाई विवरण प्राप्त भएको छ ।

डाक्टर सिवाकोटीले त तेब्बर बढी सुविधा लिएको विवरण हामीलाई प्राप्त भएको छ । २०७९ पुस १३ गते भएको सम्झौतामा प्रथम पक्ष रेसुङ्गा नगरपपालिकाका मेयर खिलध्वज पन्थी र दोश्रो पक्ष गुल्मी अस्पतालका तत्कालिन मेसु डाक्टर उत्तम पाच्याको हस्ताक्षर रहेको सम्झौता पत्रमा विशेषज्ञ सेवा पुराउन डाक्टरको तलव स्केल बराबरको प्रोत्सान भत्ता उपलब्ध गराईने उल्लेख छ । सोही अनुसार गत तीन महिनादेखि डाक्टर सिवाकोटीले रेसुङ्गा नगरपालिकाबाट प्रति महिना ५२ हजार ४ सय १७ रुपैयाँका दरले प्रोत्साहन भत्ता बुझ्दै आएको त्यस पालिका लेखा शाखाको भरपाईमा उल्लेख छ । तलव स्केल ५२ हजार ४१७ र अस्पाल विकास समितिबाट पनि त्यति नै प्रोत्साहन रकम बुझ्ने गरेको पाईएको छ । तीन वटै स्थानको जोड्दा डाक्टर सिवाकोटीले मासिक १ लाख ७७ हजार ६८४ रुपैयाँ बुझ्ने गरेको भेटिएको छ । त्यतिले पनि नपुगेर डाक्टर शिवाकोटी अस्पताल अगाडि रहेको सिर्जना मेडिकलमा बिरामी हेर्न जाने आउने गरेको मेडकल सञ्चालकले बताएका छन ।

सिंचाई
Forest
Ad.

अस्पालका वर्तमान मेसु डाक्टर राजेन्द्रबहादुर क्षेत्रीले उपलब्ध गराएको विवरण अनुसार अस्पतालबाट तलवको शतप्रतिशत अस्पताल कोषबाट प्रोत्सान भत्ता लिनेहरुमा स्त्रीरोग विशेषज्ञ डाक्टर सोफिया थापा, डाक्टर सिवाकोटी र डाक्टर रहेका छन। डाक्टर सोफीया मेडिकल डाक्टर नवौं तहको सरकारी नियुक्तीमा छन् । यस अघि तत्कालिन मेसु उत्तम पाच्या र सिवाकोटी र छन्यालले झै छात्रावृत्तिमा पढेका डाक्टर विपिन खनालले पनि तलबको सतप्रतिशत भत्ता बुझ्दै आएका थिए । प्रोत्साहन भत्ताका अलवा तत्कालिन मेसु डाक्टर पाच्याले अतिरिक्त समयमा काम गर्ने भन्दै थप १५ हजार भत्ता बुझ्ने गरेका थिए ।

हामीले छिमेकी पाहडी जिल्लाका सरकारी अस्पलातमा बुझ्दा यति ठूलो रकम बराबरको भत्ता गुल्मी अस्पतालमा मात्रै रहेको पाईएको छ। ‘यति ठूलो स्केलको प्रोत्साहन भत्ता किन दिईयो ?- भन्ने प्रश्नमा पाहडी जिल्ला र साघुरो थलो भएकोले विशेषज्ञ डाक्टर आउनै नमान्ने र आए पनि धेरै दिन नबस्ने भएकाले उपलब्ध गराइएको अस्पताल विकास विकास समितिको भनाईछ ।अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डे भन्छन- “तलव सुविधामा मात्रै डाक्टरहरु आउनै मान्दैनन्, त्यति बेला हामीले निर्णय गर्दा डाक्टरको अत्यन्तै अभाव थियो । त्यसी प्रोत्साहित गर्दा आउँछन कि भनेर शतप्रतिशत भत्ता दिने निर्णय गरेका हौं । त्यो निर्णय म एक्लैले गरेको होईन, सिडियोसहित विभिन्न निकाय समितिमा छन्, सबैले गरेको निर्णय हो ।”

पाण्डेको अध्यक्षतामा २०७८ साल पौष २२ गते बसेको बैठकले एमडी र एमएस गरेका चिकित्सकहरुलाई माघ १ गतेदेखि लागू हुने गरी त्यस्तो निर्णय गरिएको थियो । मेसुलाई मासिक थप १५ हजार भत्ता दिने निर्णय पनि त्यति बेलै गरिएको हो । विशेषज्ञ डाक्टरहरुले तलव बरावरको भत्ता खाईरहँदा करारमा नियुक्त गरिएका तलका स्वास्थ्यकर्मी र कामदारहरु भने सरकारले तोकेको न्युनतम पारिश्रमिक पाउनबाट समेत बञ्चित हुँदै आएका छन्।

यस अघिका अध्यक्ष भरत पाण्डेले प्रोत्साहन अलवा अन्य विभिन्न प्रकारका भत्ता बारे आन्तरिक छलफलबाटै पुनरावलोकन गर्न चाहेको भएता पनि आफू विरुद्ध घेराबन्दी सुरु गरेको र आन्दोलन गर्नेसम्मको धम्की दिएको सुनाउँछन् । “तत्कालिन मेसु उत्तम पाच्याले तलबको बराबर भत्ता, त्यसमाथि अतिरिक्त पारिश्रमिक खाएर पनि नपुगेर सिर्जना मेडिकलका बिरामी हेर्न गएको मैले देखे ।”- पाण्डेले भने, थुप्रै मनपरी चलेको थियो र अहिले पनि चलेको छ, त्यसको अन्त्य गर्न जनस्तरबाटै दवाव सिर्जना नभए असम्भव जस्तै छ ।

Awareness by SKF

अस्पतालमा सबाहेक विभसन्न शिर्षकमा भक्ता पाउने व्यवस्था छन् । रातको ड्युटी गर्ने डाक्टरलाई भत्ता, ल्याव लगायतका विभिन्न भत्तम र कमिशन नै कमिशनको अखडा बनेको पाण्डेको आरोप छ । “त्यहाँको प्रोत्साहन भत्ताको मनपरी देख्दा वर्तमान सरकारले सरकारी कर्मचारीहरुको प्रोत्साहन भत्ता र अतिरिक्त समयको पारिश्रमिक खारेज खर्ने निर्णय त्यसै गरेको रहेन छ भन्ने अनुभूत हुन्छ ।” भन्छन् उनी । त्यसरी भत्ता खाएपछि डिउटीमा डाक्टरहरु दत्तचित्त हुनु पर्ने हो, सेवाग्राही भन्छन विहान ७, ८ बजेदेखि लाईनमा बसिन्छ, डाक्टरहरु ११ बजे आउँछन् । दिउँसो खाजा खान गएकाहरु एक डेढ घण्टापछि आउँछन ।

यहि जेठ ४ गते राती बिरामी परेर त्यस अस्पतालमा पुगेका एक जना सेवाग्राही डाक्टर नआएपछि रातभरी कुरेर बसे । ती सेवाग्राही सर्वसाधरण जनता थिएनन्, मालिका गाउँपालिका-४ का वडाध्यक्ष नारायण अर्याल थिए । उनी त्यस राती दुई बजे आएको त्यस अस्पतालको ईमेरजेन्सी वार्डमै रेकर्ड छ । वडाध्यक्ष अर्याल भन्छन “म राती दुई बजे पुगेको थिए । डाक्टर बल्ल विहान ९ बजेतिर मात्रै आएका थिए । यसर्थ प्रोत्साहन भत्ता दिनुको औचित्य अझ भनौं प्रभावकारिता खोज्न स्थानीयवासीले जरुरी देखिन्छ ।”

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो