Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको तम्घास बजारमा दुषित पानी: डम्पिङ्ग साइट र मुहान एकै थलोमा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार, गुल्मी: आधारभुत आवश्यकतामध्ये शुद्ध पीउने पानी नागरिकको नैर्सगिक अधिकार हो। तर गुल्मीको सदरमुकाम तम्घासबासी त्यो अधिकारबाट बञ्चित हुँदै आएको सम्बन्धित संस्थाको लापरबाहीले देखाएको छ। त्यो संस्था हो तम्घास बृहत खानेपानी उपभोक्ता समिति।

तम्घास बृहत खानेपानी उपभोक्ता सीमितले उपभोक्ताको स्वास्थ्यमा लापरवाही गरेको गुनासो आएको छ । प्रसङ्ग हो गणतन्त्र दिवसको अवसरमा रेसुङ्गा नगरपालिकाले ओख्रेनी पानीको मुहान सरसफाई कार्यक्रमको आयोजना गर्यो । अभियानसँगै त्यहाँ पुग्दा संस्थाकै एक जना उपभोक्तालाले दूषित मुहानका बारेमा चिन्ताव्यक्त गरे । सु्रुदेखि नै हामीले उठाएको विषय थियो तम्घास बृहत खानेपानी योजनाको मुहानसंगै फोहर मिल्काउने डम्पीङ्गसाईडको विषय। जहाँ काग र चराचुरुङ्गीले सिनोका टुक्राहरु बोकेर ल्याउँदा मुहानमा खस्थ्यो । उक्त समस्या समाधानका लागि मुहानलाई छोप्नेगरी जस्ता पाताले छेकबार गर्ने काम भएको छ ।

मुहानमा पशुपन्छीले गर्ने फोहर बाहेक थप ठूलो चुनौती बनेर फोहर डम्पिङ साइड । मुहानको केही तल नाक छोपेर हिडनु पर्ने तम्घास बजारको दुर्गिन्धित डम्पिङ्गसाईड छ । यसैगरी मुहानको माथि समेत ढलनिकास भएका दुर्गधन्ति पानी मुहानसम्मै आउने समस्या ठूलो चुनौतीका रुपमा रहेको छ । मुहानमाथिको गाउँ उदिनढुङ्गा जिपपार्क र मिलनचोक बजार तर्फका वासीन्दाको ट्वाइलेट र बाथरुमबाट बगेर आउने ढलको पानी मुहानसम्मै आउने समस्या रहेको छ ।

सिंचाई
Forest
Ad.

यसरी ढलको पानी हिउँदमा मुहानसम्म आएर मिसिएको नदेखिए पनि वर्षायाममा भने भेलबग्दै सोही मुहानमा मिसिने गर्दछ । मुहानको उक्त सम्मया बारे जानकारी गराउँदै उपभोक्ता बाबुराम पन्थीले नगरप्रमुख खिलध्वज पन्थीलाई सधानका लागि आग्रह गरेका थिए । मेयर पन्थीले जवाफमा हालसम्म सम्बन्धित खानेपानी उपभोक्ता समितिले ख्याल नगरेकोप्रति आश्चार्या व्यक्त गरे । उनले उक्त समस्या समाधानका लागि त्काल उपभोक्ता समितिलाई आग्रह गर्ने तथा आफ्नो तर्फबाट आवश्यक प्रक्रियाका लागि प्रतिवद्धता गरे ।

सोही क्रममा मेयर पन्थीलाई मुहान नजिकै रहेको दुर्गन्धित डम्पिङ्ग साईडको बारेमा पनि उपभोक्ताहरुले प्रश्न गरेका थिए । सो विषयमा उनले डम्पिङसाइडका लागि जग्गा खोजि भैरहेको उल्लेख गरे । खानेपानी संस्थाका अध्यक्ष राजेन्द्र प्रशाद श्रेष्ठले भने ठल व्यवस्थापनको जिम्मेवारी नगरपालिकाको भएको उल्लेख गरे । मुहान नजिक रहेको ढल व्यवस्थापनका लागि पटक–पटक नगरपालिकालाई आग्रह गर्दा पनि बेवास्ता भएको उनको गुनासो छ । उनले मुहानको यही अवस्था रहेमा पानीकै कारण हैजा लगायतका महामारी आउनेमा चिन्ता व्यक्त गरे । मुहानको सरसफाई र सुरक्षाका लागि आफूहरुले विगत ७÷८ वर्षअघि देखिनै आवाज उठाउँदै आएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले नगरपालिकाले समस्याको सुनुवाई गर्नुपर्नेमा जोड दिन्छन् ।

वि.स. २०२४ सालमा २१ धारा सन्चालन गरि गठन भएको खानेपनी उपभोक्ता समितिमा हाल ८१६ धाराबाट ११ हजार नगरबासी उपभोक्ताले पानी पिउने गरेका छन् । लामो समय अध्यक्ष रहेका काङ्ग्रेस नेता तथा साबिक तम्घास गाबिसका अध्यक्ष भुवन प्रसाद श्रेष्ठको नेतृत्वमा उक्त समितिले जिल्लामै पहिलो पटक लिफ्टिङ सिस्टममा पानी तानेर उपभोक्तालाई वितरण गरेको थियो ।

 

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो