Clean Water Campaign

Awareness Campaign

मुसिकोट नगरपालिकाले मापदण्ड पुरा नगर्ने व्यवसायीलाई जरिवाना तिरायो



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकाले नगरपाालिका भित्र सञ्चालित विभिन्न व्यापार व्यवसायहरुको अनुगमन सुरु गरेको छ। नगर उप-प्रमुख गगां श्रेष्ठको नेतृत्वमा बिहिवार पहिलो दिन वडा नं ७ स्थित वामीटक्सार बजारका विभिन्न पसल व्यवसायहरुको अनुगमन गरिएको हो।

मुसिकोट नगरपालिकाको बजार अनुगमन निर्देशिका २०७४ बमोजिम नगरपालिकाको अनुगमन समितिले पहिलो दिन खाद्यान्न पसलहरुको अनुगमन गरेको हो । दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य, गुणस्तर, मापदण्ड लगायतका विषयमा केन्द्रित रही बजार अनुगमन तथा निरीक्षण गरिएको नगरपालिकाका सुचना अधिकारी प्रकाश घिमिरेले बताउनुभयो ।

पहिलो दिन वामीटक्सार बजारका २३ वटा पसलहरुमा गरिएको अनुगमनका क्रममा व्यवसाय दर्ता नै नगरी सञ्चालन गरेको, नविकरण नगरेको, होडिङ वोर्ड नराखिएको, होटल तथा नास्ता पसलहरुमा सरसफाईको अवस्था कमजोर रहेको मूल्य सूची नराख्ने गरेको भेटिएको छ ।

सिंचाई
Forest
Ad.

अघिल्ला बजार अनुगमनहरुमा व्यवसायीहरुको कमीकमजोरी भेटिएमा सुझाव दिने र सचेत गराउने गरिएपनि यसपटक भने नगरपालिकाले जरिवाना नै लिएको प्रशाशन शाखा प्रमुख मुना ज्ञवालीले बताउनुभयो । नगरपालिकाले विभिन्न आधारमा बजार अनुगमनको क्रममा मापदण्ड नपुगी सञ्चालन गर्ने विभिन्न व्यवसायीहरुबाट ४ हजार २ सय रुपैयाँ जरिवाना समेत असुल गरेको छ ।

जरिवाना पहिलो पटक भएकाले न्यूनतम तोकिएपनि आगामी दिनमा पुन ः गल्ती कमजोरी दोहोराउने व्यवसायीहरुलाई भने जरिवानाको दायरा समेत बढ्ने नगरउप्रमुख गंगा श्रेष्ठको भनाई छ । बजार अनुगमन सुरुवात भएको र सबै वडामा रहेका पसल तथा व्यवसायहरुको क्रमिक रुपमा अनुगमन गरिँदै जाने उहाँले बताउनुभयो।

अघिल्लो पटकको बजार अनुगमनका क्रममा अधिकांश पसलमा म्याद गुज्रेका सामाग्रीहरु विक्री वितरण गर्ने गरेको पाईएपनि यसपटक भने म्याद गुज्रेका सामाग्रीहरु छिटपुट पसलमा मात्रै भेटिएका छन् ।

अनुगमन टोलीले कारबाहीमा परेका फर्मलाई दर्ता कागजात अद्यावधिक राख्न, बिक्री बिल र खरिद बिल राख्न, मूल्यसूची र दर्ता प्रमाणपत्र उपभोक्ताले देख्ने ठाउँमा राख्न, साईनबोर्ड राख्न निर्देशन समेत दिएको छ ।

Awareness by SKF

अनुगमनमा मुसिकोट नगरपालिकाका उपप्रमुख गंगा श्रेष्ठ सहित, प्रशाशन शाखा प्रमुख मुना ज्ञवाली, सुचना अधिकारी एवम् योजना शाखा प्रमुख प्रकाश घिमिरे, उजुरी प्रशाशक विष्णु प्रसाद खरेल, वडा नं ७ का वडासचिव सुमन खरेल, गुल्मी मुसिकोट उद्योग वाणिज्य सघंका सचिव सुन्दर प्रधान, होटल व्यवसायी मञ्च वामीका अध्यक्ष विवेक काफ्ले, वामी प्रहरी चौकीका ईन्चार्ज लक्ष्मण विश्वकर्मा, पत्रकार सागर भण्डारी लगायत सुरक्षाकर्मीको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो