Hi-Speed Computer

Awareness Campaign

खेलाडी स्व. विनोद वि.क.को स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना हुने



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: क्यान्सर रोगका कारण ज्यान गुमाएका भलिबल खेलाडी स्व. विनोद वि.क.को स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना गरिने भएको छ।

मुसिकोट नगरपालिका वडा नं ५ का विनोदको गत चैत्र २८ गते उपचारको क्रममा निधन भएको थियो । उनको उपचारकालागि विभिन्न व्यक्तिहरुबाट आर्थिक सहयोग संकलन अभियान सञ्चालन भएको थियो।

उनको उपचारकै क्रममा निधन भएपश्चात पोल्याण्डमा संकलित रकमबाट उनले अध्ययन गरेको मुसिकोट ५ आँपचौर बरारुख स्थित दुर्गा भवन माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिने भएको हो।

Forest
Forest
Ad.

यो पनि: गुल्मीको मुसिकोटका भलिबल खेलाडी विनोदलाई क्यान्सर, सहयोगका लागि अपिल

जिल्ला भलिबल संघ गुल्मीका सदस्य सन्दिप जि.सि हाल पोल्याण्डमा कार्यरत सन्दिप जिसी र विजय खरेल (विजु) को पहलमा संकलित झण्डै ३ लाख रुपैयाँबाट विद्यालयमा अक्षयकोष स्थापना गर्ने तयारी भएको मुसिकोट नगरपालिकाका खेलकुद विकास समिति अध्यक्ष सन्दिप खत्रीले जानकारी दिनुभयो।

उक्त रकम स्व. विनोदका बुबा आमाको खातामा पठाईसकिएको अभियान्ता सन्दिप जिसीले बताउनुभयो । जसमध्ये आफ्नो खातामा १ लाख ९६ हजार रुपैयाँ र सोही अभियान मार्फत नै सिधै बिनोदका बुबाको खातामा ७६ हजार रुपैयाँ सकंलन भएको उहाँले जानकारी दिनुभयो।

विद्यालयमा स्थापना गरिने अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट प्रत्येक वर्ष विद्यालयको वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिने भलिबल प्रतियोगीतामा प्रथम, द्धितिय हुने प्रतियोगीहरुलाई पुरस्कृत गरिने बताईएको छ । त्यस्तै स्व.बिनोदका बुबाआमा अथवा आफन्तलाई समेत सम्मान गरिने अभियन्ता जिसीले बताउनुभयो।

Awareness by SKF

स्व.बिनोद बि.क लुम्बिनी प्रदेशका भलिबल खेलाडी हुन् । उनी नवौँ राष्ट्रिय भलिबल प्रतियोगीतामा समेत सहभागी भएर उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । उनले स्थानीय, जिल्ला र प्रदेश स्तरीय थुप्रै प्रतियोगीता खेलेका थिए।

उक्त अभियान मार्फत सहयोग गर्नुहुने सहयोगीहरुको नामावली निम्नानुसार रहेको छ:

अर्जुन खरेल – 300zlt
रमेश खरेल -65 zlt
सुजन खरेल – 65 zlt

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो