सागर भण्डारी, गुल्मी: लियो क्लव अफ गुल्मी सालिमे मुसिकोट न.पा.-७, वामीटक्सार गुल्मीले आफ्नो प्रथम बार्षिक साधारण सभा तथा अन्तर विद्यालय स्तरीय खुल्ला रेकर्ड डान्स एवम् क्यारिकेचर प्रतियोगीता सम्पन्न गरेको छ।
वामीक्सार जिपपार्कमा सम्पन्न साधारण सभाले विगतका कार्यहरुको समिक्षा गर्दै भावि कार्य योजना समेत तय गरेको छ । साधारण सभाबाट भुगोल सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा प्रतिमा बस्नेत, सचिवमा सुशान्त शाक्य, सह-सचिवमा प्रतिमा कार्की र कोषाध्यक्षमा आदर्श बौद्धाचार्य रहनुभएको छ । त्यस्तै क्लवको प्रशाशकीय प्रमुखमा विवेक काफ्ले चयन हुनुभएको छ।

साधारण सभामा क्लवका सचिव झरना घिमिरेले प्रतिवेदन प्रस्तुत गर्दै २०७९ साल असौज ४ गते स्थापना भएको लियो क्लव अफ गुल्मी सालिमेले स्थापनाको छोटो समयमै थुप्रै सामाजिक कार्यहरु गरेको बताउनुभयो । उहाँले बढ्दो सहरीकरणसगैं वामीटक्सार बजारलाई वातावरणीय सरसफाई कायम राख्न बजारका विभिन्न ठाउँमा फोहोर फाल्ने डस्बिन राख्ने क्लवले पहिलो कार्य गरेको भन्दै त्यसपश्चात ठाउँ जनाउने विभिन्न बोर्डहरु, सडक ऐना सहित गरिब र असहायहरुलाई चिसोबाट बचाईराख्न न्यानो लुगा अभियान सञ्चालन गरी कपडा समेत वितरण गरेको जानकारी दिनुभयो।
त्यस्तै कोषाध्यक्ष सुशान्त शाक्यले १ लाख ५१ हजार ९ सय ५७ रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गर्दै क्लवको खातामा हाल २० हजार ९ सय ७२ रुपैयाँ बचत रहेको बताउनुभयो । उहाँले क्लवले देउसी भैलोबाट सकंलन गरेको पैसा तथा विभिन्न कार्यहरु सञ्चालन गर्दा देश विदेशबाट सहयोगी दाताहरुले आर्थिक सहयोग गरेको जानकारी दिनुभयो ।
क्लवले कार्यक्रमको अवसरमा विभिन्न चरणमा सहयोग गर्ने सहयोगीतादाताहरुलाई सम्मान समेत गरेको छ । त्यस्तै नयाँ कार्यसमितिको अनुमोदन सगैं संस्थापक कार्यसमितिलाई सदस्यता पत्र वितरण तथा सम्मान समेत गरिएको थियो।

साधारण सभाको अवसर पारेर आयोजना गरिएको खुल्ला रेकर्ड डान्स प्रतियोगीतामा ७ समुह तथा प्रतियोगीको सहभागीता रहेको थियो । जसमध्ये त्रिभुवन माध्यमिक विद्यालय मुसिकोट न.पा- ६, कुर्घा प्रथम, ताराखसे युवा क्लव मु.न.पा ८ द्धितिय एवम् शारदा विद्या मन्दिर माध्यमिक विद्यालय मु.न.पा ८ तृतीय भएका छन् । आयोजित खुल्ला क्यारिकेचर प्रतियोगीतामा एक मात्र प्रतियोगीको रुपमा सहभागीता जनाउँदै महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयका सचिन कार्कीले प्रथम स्थान हासिल गरेका छन् ।
कार्यक्रमकै अवसरमा लुम्बिनी वामी हस्पिटल प्रा.लि वामीका एमबीबीएस डाक्टर..ले रक्तचाप र यसका विषयमा सन्देशनात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि DLLI GRADUATES, BACHELOR FROM LIONS UNIVERSITY CERTIFIED GUIDING LION CHARTERED TREASURER OF LIONS CLUB OF BUTWAL CENTRAL AND DISTRICT DEPUTY TREASURER OF DISTRICT 325 P, Nepal – लायन विष्णु कुँवरले लियो क्लव र लायन्स क्लवको स्थापना र महत्वबारे प्रकाश पार्नुभएको थियो । उहाँले गुल्मी जिल्लामै पहिलो पटक वामीमा लियो क्लव स्थापना गरेर नमुना कार्य गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । कुँवरले सयुंक्त राष्ट्र सघंको चार्टड कार्यक्रममा समेत लायन्स क्लव सहभागी हुने भन्दै सुगर रोग, आँखा अस्पताल स्थापना, वातावरणीय सरसफाई, बालबालिकाको क्यान्सर सगैं युवा सचेतनाका विषयमा काम गर्दै आईरहेको बताउनुभयो ।
सो अवसरमा नवगठित समितिका अध्यक्ष भुगोल सापकोटाले क्लवले आगामी दिनमा अझै सक्रिय भएर सामाजिक कार्यमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा भगवती प्राथमिक विद्यालय प्रधानाध्यापक कौरव खत्री, वामी प्रहरी चौकीका ईन्चार्ज लक्ष्मण विश्वकर्मा, वामी विश्व सम्पर्क मञ्चका कोषाध्यक्ष महेश्वर घिमिरे, वामी श्रोत केन्द्रका पूर्व श्रोत व्यक्ति टंकनाथ भण्डारी, जिल्ला समन्वय समिति गुल्मीका सदस्य सावित्रा भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै स्थापनाको छोटो समयमै क्लवले मुसिकोटमा उत्कृष्ट कार्य गरेको भन्दै अझै सामाजिक सेवामा सक्रिय भएर लाग्न र समग्र मुसिकोटको विकासका लागि अग्रसर हुन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि, विभिन्न सघंसंस्थाका प्रमुख एवम् प्रतिनिधि, बैकं, वित्तिय संस्था लगायत स्थानीय र सुरक्षाकर्मी तथा पत्रकाहरुको उपस्थिति रहेको थियो ।
क्लवका अध्यक्ष पुजन सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, क्लवका सदस्य सुधा खरालको स्वागत मन्तव्य एवम् जनसम्पर्क अधिकृत विवेक काफ्लेको सञ्चालनमा सम्पन्न भएको थियो ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










