गुल्मी: हालसम्म दुई पाङ्ग्रे गाडीका रुपमा चिनिने मोटरसाईकल जिल्ला भित्रै खरिद बिक्रिको सुविधा भईरहेकोमा सोमबार गणतन्त्र दिवसको अवसरदेखि चार पाङ्गरे गाडीको बिक्रि वितरणको सुविधा पनि सुरु भएको छ। अग्नि ग्रुपद्वारा गणतन्त्र दिवसको अवसरमा महिन्द्रा गाडीको थ्रिएस सुविधा सहितको शोरुम स्थापना भएसंगै गुल्मीमा पहिलो पटक जिल्ला भित्रै चार पाङ्गरे गाडी खरिद बिक्रिको शुभारम्भ भएको हो।
शोरुमको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले एक समारोहका बिच समुदघाटन गरेका हुन् । महिन्द्राको थ्रिएस सुविधा अर्थात सेल्स, सर्भिस र स्पेयर पार्टस यी तिनवटै सुविधा सहितको शोरुम तम्घासको पुरानो बैंकरोडस्थित एन्जिला अटो मोबाईल्स प्रा.लि.ले स्थापना गरेको हो । त्यस प्रा.लि.का प्रबन्ध निर्देशक ईश्वरी कँडेलले गत १३ वर्ष अघिदेखि महिन्द्रा अटो मोवाईल्स कम्पनीका स्पेयर पार्टस मात्र बिक्रि वितरण गर्दै आएकोमा अबदेखि उनले थ्रिएस सुविधा सहितको शोरुम आधिकारिक रुपमा बिक्रि वितरण गर्ने अवसर पाएका हुन । कँडेलका अनुसार महिन्द्रा गाडी किन्ने ग्राहकहरुले थ्रिएस सेटअप अन्तरर्गत महिन्द्रा अटोमोवाईल्सका सबै श्रृंखलाकन उत्पादनहरु उपलब्ध गराउने छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अग्नि कर्पोरेट गुप्र, लुम्बिनी प्रदेश म्यानेजर गोकुल खरेलले गत ३२ वर्षदेखि अग्नि ग्रुपले महिन्द्रा अटोमोवाईल्स सञ्चालन गर्दै आएको र लुम्बिनी प्रदेशको बुटवलमा २८ वर्षदेखि र गुल्मीमा गत १३ बर्षदेखि इश्वरी कँडेल अटोपार्टहरु बिक्रि वितरण गर्दै आएकोमा अब आधिकारिक शोरुम समेत उनले नै सञ्चालन गर्ने जिम्मेवारीको घोषणा गर्न पाउँदा गर्व लागेको बताए।
कार्यक्रममा गुल्मी उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद पन्थीले महिन्द्रा अटोमोबाईल्सका चार पाङ्गरे गाडी खरिद गर्न बुटवल र काठमाण्डौ धाउनु पर्ने, महिनौं र वर्षऔं कुर्नु पर्ने बाध्यताको अन्त्य भएको भन्दै खुशी व्यक्त गरे । कार्यक्रमका विशिष्ट अतिथी प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले गणतन्त्र दिवसको दिन शोरुम स्थापना भएकोमा खुशी व्यक्त गर्दै कानुनी कुरामा अफ्ठ्यारो परे व्यवसायीहरुलाई सहयोग गर्ने प्रतिबद्धत्ता जनाए ।
त्यस्तै प्रमुख अतिथी रेसुङ्गा नगरपालिका मेयर खिलध्वज पन्थीले जिल्लामा कमाउने र बुटवल लगायतका ठुला शहरमा लगेर थन्काउनेहरुलाई इश्वरी कँडेल लगायतका युवा ब्यवसायीहरुले जिल्लामै लगानी गरेर देखाउनु उत्प्रेरणाको बिषय भएकोले निजी क्षेत्रलाई प्रोत्साहित गर्दै नगरपालिका अगाडी बढने उद्घोष गरे।
पहिलो ग्राहक बने कुँवर
उद्घाटन समारोहमै सोही कम्पनीको स्कारपियो एस–५ गाडी तम्घास धागीथुमका समाजसेवी हिमाल कुँवरले ५६ लाख ५० हजारमा बुकिङ्ग गरेर जिल्ला भित्रैको शोरुपका पहिलो ग्राहकका रुपमा आफुलाई दर्ज गरेका छन् । उनलाई मेयर पन्थीले उक्त गाडीको साँचो हस्तान्तरण गर्दै सम्मान समेत गरे । कार्यक्रमका प्रमुख अतिथीहरुलाई मायाँको चिनोसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा अग्नी ग्रुप अन्तरगत बालाजु अटो वर्कशपका रिजनल अफिसर केशव पोखरेल , लोक सुशिल अटो कन्र्सन प्रालिका निर्देशक प्रतिक श्रेष्ठ , लगायत पनि सहभागि थिए । अग्नी ग्रुपले भारतमा निर्मित महिन्द्रा कम्पनीका २३ थरी गाडीहरु नेपालमा बिक्रि बितरण गर्दै आएको छ । तिनीहरुका मुल्य २० लाखदेखि करोड बढिसम्म रहेका छन्।
त्यस ग्रुप यस प्रदेशका म्यानेजर खरेलका अनुसार स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्मका सरकारी निकायहरुमा महिन्द्रा अटो मोबाईल्स कम्पनीका स्कार्पियो, बलेरो पिकअप, एक्सयुभी ५००, टियुभी ३००, केयुभी १० लगायतका गाडीहरु ९० प्रतिशत खपत हुने गरेका छन । पहाडका कच्ची सडकमा समेत सहजरुपमा गुडने त्यस कम्पनीका गाडीहरुलाई नेपालको सन्र्दभमा पहाडी रेल’ को संज्ञा समेत कतिपयले दिने गरेका छन् । गुल्मीको मुख्य सडक बुटवल, पाल्पको प्रवेशद्धार रिडीमा पहिलो पटक २०३५ सालमा ट्याक्टर भित्रिएको रुरुक्षेत्र गाउँपालिका १ का पूर्ववडाध्यक्ष रामलाल विक बताउन्छन्।
ट्याक्टरदेखि जहाजसम्मको यात्रा
गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष ताराप्रसाद भुसालका अनुसार २०३९ सालमा सदरमुकाम तम्घासमा ट्याक्टर भित्रिएको थियो । जुन ट्याक्टर हेर्न मानिसहरुको अपाहर भिड् लागेको, फुलमालाले स्वागत गरेको र बाजातालमा नाँच गान गरेर हषेउल्लास मनाइएको थियो । ४० को दशकदेखि ८० को दशकमा आइपुग्दा जिल्लाका स्थानीय तह र व्यापारी व्यवसायी घरनामा मानिसहरुले सुबिधा सम्पन्न स्कर्पियो लगायतका महँङ्गा गाडीहरु गुडाउन थालेका छन्।
त्यति मात्र होइन् यसै दशकको पहिलो वर्ष रेसुङ्गा विमानस्थलमा नेपाल एअरलाइसको ट्वीनेटर विमान समेतले हरेक हप्ताको शुक्रबार बिहान काठमाडौँ तम्घास, तम्घास काठमाडौँ नियमित उडान भर्न सुरु गरेको छ । २०३९ सालमा ट्याक्टरको यात्रा गर्दा आफुको बेग्लै शान महशुस गरेका रेसुङ्गा नगरपालिका १ का पुर्व वडाध्यक्ष अखिलेश्वरप्रसाद पाण्डे नियमित काठमाण्डौ तम्घास विमान उडानको पहिलो यात्री बनेर गुल्मी उत्रिदा बेहद खुशी प्रकट गरेका थिए । यस नगरका मेयर पन्थी फेरी तम्घास काठमाण्डौ उठानको यात्री बनेर पुगेका थिए।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










