गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडा नं २ वडा कार्यालयले ३ वर्षदेखिको खानेपानीको विवाद समाधान गरेको छ।
वडा नं.२ स्थित ढ्वाटे खोला खस्थोक अमराई खानेपानी आयोजनाको मुहानको विषयमा रहेको विवाद आईतबार वडा कार्यालयमा छलफल पछि समाधान भएको वडाध्यक्ष रविन्द्र खत्रीले जानकारी दिनुभयो।
उक्त खानेपानी आयोजना सञ्चालनका लागि ३ वटा खानेपानीको मुहान प्रयोग गरिएको थियो । तीनवटै मुहान र ३०० मिटर पाईपलाईन मुलधनिको जग्गामा परेकोले विवाद सिर्जना भएको थियो।
आईतबार जग्गाधनि र खानेपानी उपभोक्ता विच छलफल गरी मुहान खानेपानी आयोजना मै समावेश गर्ने र आगामी दिनमा कुनै पनि विवाद सिर्जना नगर्ने गरी सहमती भएको वडाध्यक्ष केसीले बताउनुभयो ।
विवादका कारण उक्त योजनाको निर्माण कार्य अवरुद्ध भएको थियो । विवाद समाधानका लागि यस अगाडी पनि पटक पटक वडाका जनप्रतिनिधी, मुल रहेको जग्गाधनि र खानेपानी उपभोक्ता बिच विभिन्न चरणमा छलफल भएको थियो । तर समाधान भने भएको थिएन।
बर्षौ देखिको विवाद समाधान हुँदा वडा कार्यालयले एउटा उपलब्धी हासिल गरेको आफुले ठानेको वडाध्यक्ष केसीले बताउनुभयो ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








