Clean Water Campaign

Awareness Campaign

तम्घासको ऐतिहासिक लाकुरी मञ्च मासेर कंक्रिटको पार्क



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार, गुल्मी: कुनै समय गुल्मी सदरमुकाम तम्घास बजारको मुटु मानिन्थ्यो लाकुरीमञ्च। बीच शहरमा झुम्म परेको लाकुरीको रुख मासेर कङ्क्रिटले भरिएको पार्क बनाएपछि भने यसको महत्व नामेट भएको छ। पलास्टर तथा ढलान गरेर रङ्गरोगनले चिटिक्क परेको पार्कमा मानिसहरुले आनन्द प्राप्त गर्न सक्दैनन् जतिखेर लाकुरी बोट ठिङ्ग उभिएको समयमा आनन्द प्राप्त गर्न सक्थे।

आधुनिक बिकासका नाममा जुन मुटु डोजरले कोपारियो। गल गैँची बझारियो र सल्यक्रिया सुरु गरियो । सल्यक्रिया भैसक्दा उसले आफूलाइ गुमाइ सकेको थियो। अन्तत आधुनिक अबतार लिएपछि लाकुरीमन्च, लाकुरिमन्च रहेन । यसबाट थुप्रै पुराना पिढीको मनमा पीडा छ ।

नयाँ पिढीको समेत कयौ स्मृती बोकेको, कयौ इतिहासको साक्षि रहेको त्यो पुरानो लाकुरिमन्च पुन ब्युताउने माग बढीरहेकोछ । हरेक राजनैतिक परिवर्तनको आन्दोलनमा जनतालाई उर्जा दिने थलो थियो लाकुरिमन्च । लाकुरीमन्चलाई सदियौ पुरानो ईतिहास र सयौ मानिसको स्मृतीपार्क हो हो भन्छ्न बुढापाकाहरु । लाकुरीमन्च साच्चै सितल चौपारी थियो।

सिंचाई
Forest
Ad.

कोखैमा पोखरी समेत थियो । तम्घास खानिगाउँका ८४ वर्षीय बृद्ध डिलबहादुर भलामीले लाकुरीमन्चको ईतिहास कोट्याउँदै भने-‘२०१९ सालमा राजनैतिक आन्दोलनका अगुवा सहिद शम्सेर बहादुर खत्रीको अमरपुरमा तत्कालिन पन्चायती सरकारका प्रहरीहरुले टाउको काटेर झुण्डाउँदै ल्याइ त्यही लाकुरिमन्चमा टाउको देखाउदै, ल हेर सरकार बिरोधी आन्दोलनमा लाग्यौ भने तिमिहरुको हालत पनि यस्तै हुने छ भनेर चेतावनी दिएका थिए ।’ उनी भन्छ्न ‘बिकास गर्ने नाममा इतिहास मेटाए जस्तो लागेको छ ।’

ऐतिहासिक लाकुरीमन्चको मौलिकता मासेर करोडौं खर्चिदै शंखपार्क बनाइयो । ‘फ्री वाइफाइ’ सुविधा दिने भनेर ‘थ्री डी पार्क’को उपनाम पनि दिइयो । २०७८ चैत्र ११ गते शुक्रवारका दिन तत्कालीन मेयर डिल्लीराज भुसालले तामझामका साथ पार्कको समुद्घाटन पनि गरे । त्यस यता पार्कको प्रवेशद्वारामा अधिकांश समय ताला ठोकिन्छ । कहिलेकाहीँ खोलेको बेला बालबालिका लडेर पोखरीमा डुबेर मर्ने डर कायमै छ। एकातिर ब्यस्त सडक त्यस माथि प्रशासन अगाडि तत्कालिन लाकुरी मन्चको दोब्बर बढी सडक ओगटिदा सवारी साधान आवत जावतमा समस्या, अर्कोतिर कोण सभा गर्ने ठाउँ समेत छैन।

स्थानीय चुरा बहादुर खत्री सहितका युवाहरूले भत्काएर पुरानै लाकुरीमन्च ब्युताउनु पर्ने माग गरेका छन् । खत्री भन्छन- ‘आधिनुक बिकासका नाममा ऐतिहासक संरचना लोप पारियो र पार्क बनाइयो तर प्रयोगबिहीन भएकोले भत्काएर पहिलाकै लाकुरिमन्च ब्युताउनु पर्छ ।’ हुन पनि अहिलेको शंखपार्क प्रयोगबिहिन, औचित्यहिन मात्रै बनेको छैन फोहोर र थोत्रा सामग्री फाल्ने डम्पिङ साइड जस्तै बनेको छ । यहाका पानीको फोहरा, झिलिमिली बत्ती र फ्री वाइफाइ गुमनाम भएका छन् । नेताहरुले देखाउने गरेका अधुरा र अपूरा सपना मध्येको एउटा उदाहरण यो पनि हो ।

बालिका डुबेर मरणासन्न

Awareness by SKF

यसै पार्कको गोलो पोखरीमा केही दिन अघि एउटी बालिका खेल्ने क्रममा गम्भिर घाइते भएकी थिइन। त्यति ठूलो घटना घट्दा खोजिनीति गर्ने कुनै सरकारी निकाय भएन।

गत बैशाख २४ गते दिउँसो तम्घास खानीगाउँस्थित मजदुरि गरेर बस्ने मनिषा परियारकी भदैनी ९ वर्षीया बालिका खुशी परियार त्यसैपार्कको गोल पोखरिमा लडेर फलामको डन्डिमा परिन।

उनको गुप्ताङ र गुददार सम्मको भाग डन्डिले च्याती दियो । उच्च रक्तचापले मरणासन्न उनलाई गुल्मी अस्पतालबाट रिफर गरि फुपुले लुम्बिनी अस्पतालमा लैजानु पर्ने तर बाटो खर्च समेत नभएपछि छिमेकी महिला सुशिला श्रेष्ठले उपचार खर्च जुटाइ अस्पताल पठाइएको थियो । उनले अस्पतालको क्यान्टिनमा काम गर्ने आफन्त काशी श्रेष्ठलाई उद्धार गरि दिन आग्रह समेत गरिन ।

त्यहाँबाट अस्पतालले काठमाडौं रिफर गर्यो । फुपुको साथमा खर्च नभएपछि तम्घास फर्काइयो । बालिका उच्च रक्तचापले चिन्ताजनक अवस्थामा थिइन । आफू सुतेको बेला ती बालिकाकी सौतेनी आमाले लगेर गएको फूपू मनिषा बताउछिन्।

कतिपयले उनको मृत्यु भयो भनिए पनि हामीले कतैबाट पुष्टि गर्न सकेनौ । बालिकाकी आमा दुई वर्षअघि अर्को बिहे गरेर हिँडेपछि उनी बेसहारा जस्तै भएकी थिइन । उनलाई तम्घासमा छाडेर बाबू रामबहादुर परियार गुल्मीकै ग्रामीणभेगमा काम गर्न हिँडेको बताइन्छ । उनी छोरिको त्यो हालत हुँदा सम्पर्कमा छैनन् । उनको घर प्युठानको गौमुखी गाउँपालिका २ अर्खा डाँडागगाउँमा हो । बालिकाको अवस्था अज्ञात छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया