Salime Malika Krishi Farm

Awareness Campaign

जिल्ला भलिबल संघ गुल्मीद्वारा भलिबल खेलाडी स्व. विनोदको परिवारलाई सहयोग



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: जिल्ला भलिबल संघ गुल्मीले क्यान्सर रोगका कारण उपचारको क्रममा ज्यान गुमाएका भलिबल खेलाडी स्व. बिनोद बि.कको परिवारलाई सहयोग गरेको छ।

सघंले विनोदको उपचारका लागि आर्थिक सहयोग सकंलन अभियान सञ्चालन गरेको भएपनि उनको उपचारकै क्रममा गत चैत्र २८ गते निधन भएको थियो।

संघ मार्फत संकलित नगद रु ४० हजार रुपैयाँ जिल्ला भलिबल संघ गुल्मीका सदस्य सोम दर्लामी स्व. विनोदको परिवारमै पुगेर हस्तान्तरण गर्नुभएको हो । सहयोग रकम हस्तान्तरण गर्दै उहाँले उनको निधनले भलिबल क्षेत्रमा ठुलो क्षति पुगेको बताउनुभयो।

सिंचाई
Forest
Ad.

गुल्मीको मुसिकोट नगरपालिका वडा नं ५ का बिनोद भलिबल खेलाडी थिए । उनी जिल्ला तथा प्रदेश स्तरीय प्रतियोगीतामा उत्कृष्ट खेल प्रदर्शन गर्दै उत्कृष्ट खेलाडीको पहिचान बनाएका थिए।

पछिल्लो समय क्यान्सर र मुटु रोगबाट ग्रसित उनको चितवनको भरतपुर स्थित बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पतालमा उपचार भईरहेको थियो । तर उनको उपचारकै क्रममा निधन भएको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया