गुल्मी: नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीले सुरु गरेको शुद्धिकरण अभियानमा महासंघका ५९ जना साधारण सदस्य बाहिरिने भएका छन्।
महासंघको शुद्धिकरण अभियान समितिले एक हप्तासम्म अध्ययन गरी क्रियाशिल र क्रियाशिल नभएका साधारण सदस्यहरु छुट्याएर ५९ जना साधारण सदस्यको सदस्यता नविकरण नगर्ने गरी उक्त प्रतिवदेन कार्यसमितिलाई बुझाएको छ।
कुल ८५ सदस्य रहेको पत्रकार महासंघमा अब २६ जनामात्रै साधारण सदस्य रहनेछन् । समितिको प्रतिवेदनमाथि आइतबार कार्यसमितिमा छलफल गरेको र बहुमतको आधारमा निर्णय गरी पारित गर्नको लागि महासंघको प्रदेश र केन्द्रमा पठाइएको अध्यक्ष टोपलाल अर्यालले बताए । गत वैशाखमा सम्पन्न महासंघको १० औँ साधारण सभाले जनार्दन घिमिरे संयोजक एवम् नवराज भुसाल र तिलाचन पाण्डे सदस्य रहने गरी तीन सदस्यीय शुद्धिकरण समिति गठन गरेको थियो ।
समितिले जेठ १ गते एक सूचना जारी गर्दै निष्क्रिय रहेका साधारण सदस्यहरुलाई पाँच दिनभित्र सदस्यता त्यागको स्व:घोषणा गर्न आग्रह गरेको थियो । जसमा तीनजनाले मात्रै सदस्यता त्यागेको घोषणा गरेका थिए।
तीन बर्षदेखि पत्रकारितामा सक्रिय नरहेको, राजनीतिक दलको क्रियाशिल सदस्य वा पदाधिकारी रहेको, जनप्रतिनिधि रहेको, स्थायी, अस्थायी वा करार शिक्षक वा अन्य संस्थामा कार्यरत, छ महिनादेखि विदेशमा रहेको लगायतका आधारमा सदस्यहरुलाई हटाइएको हो ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







