Place for ads

Awareness

क्यान्सरबाट निधन भएका खेलाडी विनोदको परिवारलाई सहयोग हस्तान्तरण



ओझेलका खबर संवाददाता
११ महिना अगाडि


Place for ads

सागर भण्डारी, गुल्मी: क्यान्सर रोगबाट ग्रसित भई उपचारको क्रममा ज्यान गुमाएका भलिबल खेलाडी स्व. बिनोद बि.कको परिवारलाई सहयोग हस्तान्तरण गरिएको छ।

मुसिकोट नगरपालिका वडा नं ५ का विनोदको गत चैत्र २८ गते उपचारको क्रममा निधन भएको थियो । उनको उपचारकालागि विभिन्न व्यक्तिहरुबाट आर्थिक सहयोग संकलन अभियान सञ्चालन भएको थियो । तर उपचारार्थ उनको अस्पताल पुगेको केही दिनमै मृत्यु भएको थियो । सो अभियानमा मार्फत संकलित रकम सोमबार बि.कको परिवारमै पुगेर हस्तान्तरण गरिएको हो ।

Get Vaccinated

विभिन्न ठाउँबाट सहयोग संकलन अभियान मार्फत सकंलित १ लाख २४ हजार रुपैयाँ बि.कको परिवारमा पुगेर हस्तान्तरण गरिएको अभियान्ता एवम् मुसिकोट नगरप्रमुखका स्वकीय सचिव सुरज भट्टराईले जानकारी दिनुभयो ।

“हामीले चलाएको अभियान मार्फत ४२ हजार रुपैयाँ संकलन भएको थियो उहाँले भन्नुभयो – बाँकी रकम मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलको खातामा युएई मार्फत आएको हो ।”

भट्राई र मुसिकोट नगरखेलकुद विकास समितिका अध्यक्ष सन्दिप खत्रीको पहलमा सकंलित रकम केही दिन अगाडी उनी उपचारकै क्रममा समेत सहयोग गरिएको थियो । बिनोदलाई बचाउन कोशिस गरेपनि नसकेको भन्दै उहाँले उपचारका लागि संकलित रकम परिवारमै पुगेर हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

सहयोग हस्तान्तरण गर्दै मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले नगरपालिकाले एउटा राम्रो खेलाडी गुमाएको बताउनुभयो । सहयोग रकम हस्तान्तरण गर्दै उहाँले परिवार, नगरपालिका र देशकै ईज्जत राख्ने विनोदको निधनले परिवारमा मात्रै नभएर नगरपालिकालाई पनि ठुलो क्षति पुगेको धारणा राख्नुभयो ।

Awareness by SKF

विनोदको उपचारकालागि गुल्मी घर भई रोजगारीका लागि दुबई रहेका खेलाडीहरुले समेत रकम संकलन गर्दै गर्दा उनको निधन भएपनि दुबईमा सकंलित कुल ८२ हजार रुपैयाँ आफ्नो खातामा आएको र आफुले हस्तान्तरण गरेको बताउनुभयो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा मुसिकोट नगरपालिका कार्यपालिका सदस्य यमकला खराल, नगर खेलकुद विकास समितिका सयोंजक सन्दिप खत्री, सदस्य सचिव विष्णु खरेल, खेलकुद विकास समितिका सदस्यहरु सोम दर्लामी, विरबल गुरुङ, ग्लोबल आईएमई बैकं वामी शाखाका प्रबन्धक विष्णु कुँवर, लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया