सागर भण्डारी, गुल्मी: शनिवार मुसिकोट नगरपालिका वडा नं ७ स्थित रुद्रावती बहुमुखी क्याम्पसमा सञ्चालित रक्तदान कार्यक्रममा रत्तदान गर्नेहरुको भीड थियो। रक्तदान गर्न पुगेकाहरु रक्तदान मात्रै गरेर फर्किएन यो कार्यक्रम आयोजना गर्ने मुसिकोट युवा क्लवले नमुना काम गरेको भन्दै प्रशंसा समेत गरे।
गुल्मी मुसिकोट उद्योग वाणिज्य सघंका पूर्व उपाध्यक्ष मोहनलाल श्रेष्ठले वामीमा यस्तो खालको कार्यक्रम आफुले थाहापाएसम्म पहिलो पटक गरेको भन्दै क्लवले गरेको कार्य प्रशंसनीय रहेको बताउनुभयो।
होटल व्यवसायी मञ्च मुसिकोटका अध्यक्ष विवेक काफ्लेले क्लवले कल्याणकारी कार्यक्रम गरेर धेरै मानिसको ज्यान बँच्नेमा आफु विश्वस्त रहेको धारणा राख्नुभयो। उहाँले क्वलले नमुना कार्यमात्रै नभएर मुसिकोटमै गर्व गर्न लायक पुण्य गरेको बताउनुभयो।
“हामीले अहिले गरेको रक्तदानले थुप्रै मानिसहरुको ज्यान बँच्न सक्छ भन्ने लागेर रक्तदान कार्यक्रमको आयोजना गरेका हौँ क्लवका अध्यक्ष बसन्त अधिकारीले भन्नुभयो – रक्तदान गर्न उपस्थित हुनुभएका व्यक्तिहरुको उत्साह देखेर कार्यक्रम भव्य बन्यो भन्ने हामीलाई लागेको छ ।” क्लवले पुनः दशैँ र तिहारकोबीचमा पर्ने गरी अर्को रक्तदान कार्यक्रम पनि आयोजना गर्ने तैयारी रहेको उहाँको भनाई छ।
मुसिकोट युवा क्लव मुसिकोट गुल्मीको आयोजना र नेपाल स्वयंसेवी रक्तदाता समाजको सहकार्यमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ४९ वर्ष मुनि उमेर समुहका १ सय ११ जना व्यक्तिहरुले रक्तदान गरेका छन्।
कतिपय व्यक्तिहरु रगत दिन उपस्थित भएपनि समय अभावका कारण यत्तिकै फर्किएका छन् । ती व्यक्तिहरुलाई मध्येनजर गरेर केही समय पछि पुन ः रक्तदान कार्यक्रम आयोजना गर्ने क्लवले तैयारी गरेको छ ।
केही समय अगाडी मात्रै स्थापित मुसिकोट युवा क्लवले विभिन्न स्वास्थ्य सचेतनाका क्षेत्रमा समेत काम गरेको छ । क्लवले किशार किशोरीहरुलाई प्रजनन स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रमसगैं ट्राफिक सचेतना कार्यक्रम समेत गरेको थियो ।
तदर्थ समिति मार्फत सञ्चालन भईरहेको क्लवलाई असार मसान्तसम्म पहिलो साधारण सभा गरी पूणर्ता दिने क्लवको योजना छ ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










