Salime Malika Krishi Farm

Awareness Campaign

मुसिकोट युवा क्लवको आयोजनामा हिजो सम्पन्न रक्तदान कार्यक्रममा १११ जनाले गरे रक्तदान



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

भुवन काफ्ले अञ्जान, मुसिकोट: मुसिकोट युवा क्लवको आयोजनामा हिजो मुसिकोटमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

क्लवको आयोजनामा शनिबार मुसिकोट नगरपालिका वडा नं ७ वामीमा रहेको रुद्रावती बहुमुखी क्याम्पसमा क्लवका अध्यक्ष वसन्त अधिकारीको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा १११ जनाले रक्तदान गरेका छन्।

रगत र रक्ततत्वको अभाव हुन नदिने उद्देश्यले मुसिकोट युवा क्लव मुसिकोट गुल्मीको आयोजना र नेपाल स्वयंसेवी रक्तदाता समाजको सहकार्यमा संचालन कार्यक्रममा बोल्दै मुसिकोट नगरपालिकाका नगर प्रमुख तथा रक्तदान कार्यक्रमका प्रमुख अथिति जिवलाल खरेल जीवनले कार्यक्रमको सफलताको कामना गर्दै क्लवले मुसिकोटमा नमुना काम गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो।

सिंचाई
Forest
Ad.

नगर उपप्रमुख गंगा श्रेष्ठ, जिल्ला समन्वय समिति सदस्य सावित्रा भण्डारी, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव तथा रुपन्देही अध्यक्ष कृष्ण चौहान लगायतले शुभकामना मन्तव्य राख्नुभएको औपचारिक कार्यक्रमको संचालन क्लबका महासचिव विष्णु प्रसाद आचार्यले गर्नुभएको थियो।

रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरुले आफुहरुलाई रक्तदान गर्ने चाहना भएपनि अवसर नपाएको र अहिले मुसिकोट युवा क्लवले रक्तदानको सुनौलो अवसर जुटाएकोले क्लवलाई धन्यवाद दिँदै आगामी दिनमा अझ उत्कृष्ट कार्यक्रमहरु गर्न सुझाव र शुभकामना दिए।

केहि समय अगाडी मुसिकोटमा औपचारिक रुपमा गठन भएको मुसिकोट युवा क्लवले यस अघि रुद्रावती बहुमुखी क्याम्पसमा प्रजनन स्वास्थ्य र ट्राफिक सचेतना सम्बन्धी चेतनामुलक कार्यक्रम सञ्चालन गर्नुका साथै नव बर्ष २०८० सालको अवसरमा मुसिकोट नगरपालिकाका विभिन्न महत्वपूर्ण धार्मिक तथा पर्यटकिय स्थल संगै मुसिकोट नगरपालिकाका विभिन्न संघ संस्था र महत्वपूर्ण सम्पर्क नम्बर सहितको भित्तेपात्रो विमोचन गरेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया