Salime Malika Krishi Farm

Awareness Campaign

५० वर्षपछि आफ्नै घरमा बस्न पाए महले जिसी, समाजसेवी थापाले बनाईदिए घर



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: आफ्नो जीवनकालको उर्जाशील समय भारतमा रोजगारी गरेर ४५ वर्ष पछि आफ्नो मातृभूमी गुल्मी फर्किएका महले जिसी शनिवार निकै खुसी देखिन्थे। परदेशबाट फर्किँदा प्यारालाईसिस रोगबाट ग्रसित भई हात खुट्टा नै नचल्ने अवस्थामा फर्किएका उनको न बस्ने बास थियो न खाने गास । न उनका पाखुराले काम नै गर्न सक्थे।

१३ वर्षीय छोरीको सहारामा टिनको छाप्रो मुनी गुजारा चलाईरहेका उनको घर निर्माण भएपछि सपना जस्तै लागेको बताउँछन् । “सर्वथोक गुमाएर बसेको थिएँ, कसैको सहारा पाउँछु जस्तो लागेको थिएन् उनले भने -मेरा लागि लिल बहादुर थापा भगवान बनेर आउनुभयो ।”

सहाराविहिन महले जिसीको घर बाँकेको खजुरा गाउँपालिका वडा नं ४ डि गाउँ स्थायी घर भई हाल सयुंक्त राज्य अमेरीकामा रहनुहुने लिल बहादुर थापाले व्यक्तिगत खर्चमा निर्माण गरिदिनुभएको हो । जसको लागि जिटिभि नेपालका अध्यक्ष दिपक नेपालीले पहल गर्नुभएको थियो ।

सिंचाई
Forest
Ad.

करिब ५ लाखको लागतमा निर्माण गरिएको २ कोठे भवन शनिवार एक कार्यक्रमकाबीच जिसीलाई हस्तान्तरण गरिएको छ । घर पाउँदा जिसी खुसी मात्रै भएनन् छेउँमा बजेका पञ्चेबाजामा छमछमी नाँचे ।

घर हस्तान्तरण कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरउपप्रमुख गगां श्रेष्ठले सरकार पुग्न नसकेको ठाउँमा जिटिभि नेपाल पुगेको भन्दै घर निर्माणका लागि व्यक्तिगत रुपमा सहयोग गर्नुहुने लिल बहादुर थापालाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले जीवनमा कही कसैले पुण्य कमाउन चाहान्छ भने यो भन्दा ठुलो उपकार अरु हुनै नसक्ने धारणा राख्नुभयो ।

मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरेले आफ्नो वडामा रहेका विपन्न जिसीको अवस्थाको विषयमा आफुले जानकारी गराएपश्चात घर निर्माणका लागि पहल गर्ने जिटिभि नेपाललाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले लिल थापाले परदेशमा १८ घण्टासम्म श्रम गरेर आर्जन गरेको धन सम्पति नेपालका विभिन्न ठाउँका दिन दुःखीहरुलाई सहयोग गर्दै आईरहेको आफुले देखेको भन्दै यसले अन्य व्यक्तिलाई समेत प्रेरणा प्रदान गरेको बताउनुभयो ।

त्यस्तै नेकपा एमाले मुसिकोट नगर कमिटी अध्यक्ष प्रकाश काफ्लेले पछिल्लो समय मानिसहरु स्वार्थमा लिप्त हुन लागेको समयमा लिल बहादुर थापाको जस्तो कर्मका लागि सानो आध्यात्मिक सोँच र सामान्य मन तथा पुण्यले नहुने बताउनुभयो । काफ्लेले थापाको सामाजिक कर्म देखेर आफुलाई समेत उर्जा प्राप्त भएको धारणा व्यक्त गर्नुभएको थियो ।

Awareness by SKF

समाजसेवी लिल बहादुर थापाले जिटिभि नेपालको सघंर्षका कथा मार्फत प्रशारित भिडियो सामाग्री हेरेपछि निकै भावविह्वल भएको भन्दै घर निर्माण गर्ने निणर्य लिएको बताउनुभयो । उहाँले सहाराविहिन जिसीलाई घर निर्माण गरेर हस्तान्तरण गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो ।

घर निर्माणका लागि पहल गर्नुहुने जिटिभि नेपालका अध्यक्ष दिपक नेपालीले जिटिभिमा प्रशारित सघंर्षका कथा कार्यक्रम हेरेर घर निर्माण गरिदिनुहुने लिल बहादुर थापालाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले थापाले अहिलेसम्म व्यक्तिगत खर्चमा गुल्मी, बागलुङ र बाँकेमा गरी ४ वटा घर निर्माण गर्नुभएको र जिटिभि नेपाल मार्फत ५ वटा विपन्न नागरिकलाई घर निर्माण गरिदिई हस्तान्तरण गरिएको जानकारी दिनुभयो । यसबाहेक थापाले देशका विभिन्न ठाउँमा रहेका विपन्न नागरिकहरुलाई सहयोग, आर्थिक अभावमा उपचार नपाएकाहरु लगायत थुप्रै व्यक्तिलाई सहयोग गर्नुभएको बताउनुभयो ।

कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजिवि, विभिन्न सघंसंस्थाका प्रमुख एवम् प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । जिटिभि नेपालका अध्यक्ष दिपक नेपालीको अध्यक्षता, व्यवस्थापक प्रकाश घिमिरेको स्वागत मन्तव्य एवम् सम्पादक सागर भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया