टोपलाल अर्याल, गुल्मी: स्थानीयले मदाने गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र शिक्षा शाखामा अनिश्चतकालिन तालाबन्दी गरेका छन्।
मदाने गाउँपालिका-६, पुर्कोटको पृथ्वी माविमा गणित विषयको दरबन्दी परिवर्तन गरेको बिरोधमा तालाबन्दी गरेका हुन् । विद्यालय व्यावस्थापन समितिले गाउँ शिक्षा समितिमा छलफल नगरि निर्णय सिधै पालिकामा पठाएको आन्दोलनरत पक्षको आरोप छ ।
आन्दोलनका अगुवा बाबुराम कुवंरका अनुसार विद्यालयमा मावि र निमाविमा दुई गणित विषयको दरबन्दी रहेको छ । विद्यालय प्रशासन र शिक्षको कारण धेरै बर्षदेखि गणित बिषयमा निकै कम बिद्यार्थी उर्तिण हुँदै आएका छन् ।
प्रशासनले पढाई सुधार गर्नुको साटो बिषयको दरबन्दी परिवर्तन गरेर निकै लज्जास्पद काम गरेको कुवंरले बताए । उनले प्रमुख प्रशासकीय अधिकृत र बिद्यालय निरिक्षकले पनि गाउँपालिका प्रमुखको दवाबमा गलत निर्णय गरेर शिक्षा समन्वय इकाईमा पठाएको बताए ।
विद्यालयमा नेपालीका शिक्षक थुप्रै भएपनि आफुहरु अनुकुलको मान्छे भर्ति गर्न गरिएको अनुचित कार्य फिर्ता नभएसम्म ताला नखोल्ने कुवंरले बताए । गाउँपालिका प्रमुख महेन्द्र बहादुर कुवंरले बिद्यालयमा आवश्यक नभएका दरबन्दीहरु बिगतदेखिनै परिवर्तन हुँदै आएको बताए ।
एउटा विद्यालयमा मात्रै दरबन्दी परिवर्तन भएको विषय नभएकाले अहिलेको निर्णय सच्याउन विगतमा पुग्नुपर्ने भएकाले अप्ठ्यारो भएको कुवंरले बताए । आन्दोलनरत पक्षले दिएका सवै बुदाहरु राम्रो भएपनि दरबन्दी परिवर्तनको बिषयलाई बल्झाएर तालाबन्दी भएकाले शुक्रबार पुन छलफल हुने बताए ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








