Smoking Causes Cancer

को हुन दल बहादुर राना? जसको सम्झनामा हुँदैछ सालिक निर्माण



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

टोपलाल अर्याल, गुल्मी: दक्षिण एसियाली बक्सिङ्ग खेलमा २ स्वर्ण र एक रजत पदक विजेता दल बहादुर रानाको स्मृतिमा शालिक निर्माण सुरु गरिएको छ।

रेसुंगा नगरपालिका-४, सेउघामा रानाको शालिक शिलन्यास गरिएको छ । रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले शालिकको शिलन्यास गर्दै देशसंगै जिल्लामा खेल क्षेत्रमा महत्वपूर्ण योगदान पुराउने दल बहादुरको सम्मान र सम्झनामा शालिक निर्माण गरिएको बताए ।

नगरपालिकाले वडा मार्फत विनियोजन गरेको चार लाख बजेटबाट शालिक निर्माण सुरु गरिएको छ । करिव २० लाखको बजेट अनुमान भएपनि क्रमश काम गर्दै जाने दल बहादुरका भाई चिन्ता राना मगरले बताए।

सिंचाई
Forest
Ad.

दल बहादुर बुबा तुलक र आमा गोमता राना मगरको साइलो छोराको रुपमा २०१८ सालमा जन्मिएका हुन् । राना नेपाल प्रहरीका प्रहरी निरीक्षक थिए । दक्षिण एसियाली बक्सिङ्गसंगै दुई दर्जन बढि अन्तराष्ट्रिय प्रतियोगीताहरुमा सहभागी भएर पदकहरु जितेका छन् ।

दल बहादुरले गुल्मी जिल्लामा पहिलो पटक देशभरका खेलाडी सहभागी गराएर ०४२ सालमा राष्ट्रिय जुनियर बक्सिङ्ग प्रतियोगीता गराएका थिए । उनी गोरखा दक्षिणबाहुबाट पनि सम्मानित भएका छन् । जटिल रोगका कारण दल बहादुरको ०५५ सालमा मृत्यु भएको हो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया