Smoking Causes Cancer

नेपाल शिक्षक महासङ्घ मुसिकोटद्वारा मुसिकोट नगरपालिकालाई ९ बुँदे ज्ञापन पत्र हस्तान्तरण



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

मुसिकोट: नेपाल शिक्षक महासङ्घले मुसिकोट नगरपालिकालाई मङ्गलबार ज्ञापन पत्र बुझाएको छ।

एउटा आर्थिक वर्षको अन्त्यसङ्गै अर्को आर्थिक वर्षको आगमन हुने यो समयमा विषेश गरि विभिन्न योजनाहरु बनाउने र संकलन गर्ने समय भएकोले शैक्षिक विषयमा विभिन्न ९ बुदे ज्ञापन पत्र सहित महासङ्घले ध्यानाकर्षण गराएको महासङ्घ मुसिकोटका अध्यक्ष देवीराम शर्माले जानकारी दिनुभयो।

जसमा नगरपालिका भित्र स्थानिय पाठ्यक्रम (१-५) तयार भैसकेको अवस्थामा कक्षा (६- ८) लाइ पनि अविलम्ब तैयार गरि कितावको रुपमा उपलब्ध गराउने र सबै कक्षाका पाठ्यपुस्तक उपलब्ध गराउन भनिएको छ।

सिंचाई
Forest
Ad.

त्यस्तै निजि श्रोत शिक्षक व्यवस्थापनमा मुख्य समस्या देखिएको र जसको कारण शिक्षा संविधानत पूर्ण निशुल्क भनेपनि हुन नसकेको अवस्था तथा ती निजी श्रोत शिक्षकको तलवमान सरकारले तोकेको न्युनतम ज्याला भन्दापनि कम भएकोले सो को व्यवस्थापनमा जोड दिन भनिएको छ।

प्रधानाध्यापक तथा शिक्षकहरुको लागि अनुभव आदानप्रदानको निमित्त भ्रमण कार्यक्रम स्वीकृत गरि अगाडि बढाउनुपर्ने, शिक्षासम्बन्धी नीतिगत तथा महत्वपुर्ण निर्णयहरु लिनुपुर्व शिक्षकका पेशागत संघ, संगठनहरुलाई छलफलमा राखी उनीहरुको अपनत्वको आभाष दिलाउन महासङ्घले भनेको छ।

गणित ,विज्ञान विषयको नतिजा सुधारको लागि वजेट विनियोजन गर्ने , आधारभूत तहमा निरन्तर मुल्यांकन र एकीकृत पाठ्यक्रम सम्बन्धि कार्यक्रस्म संचालनको लागि तालिमको व्यवस्था गर्नुपर्ने भन्दै महासङ्घले ध्यानाकर्षण गराएको छ।

विद्यालयमा रिक्त रहेका दरबंदिहरुमा विज्ञापन र छनौट प्रक्रिया छिटो गर्नुपर्ने र बैठक, गोष्ठी, सेमिनार, अनुगमन निरीक्षण, नमुना पाठ प्रदर्शनजस्ता कामहरुमा निरन्तरता दिनुपर्ने र शिक्षकको तलब त्रैमासिक रुपमा भुक्तानी गर्न भन्दै महासङ्घले नगरपालिकाको ध्यानाकर्षण गराएको हो।

Awareness by SKF

जवाफमा नगरप्रमुख जिवन खरेलले महासङ्घ आगामी वर्षको निति तथा कार्यक्रम निर्माणको चरणमा सुझाव दिने पहिलो सस्था भएको भन्दै रचनात्मक सुझाव सल्लाहको लागि धन्यवाद दिदै आफुहरु महासङ्घका माग तथा मुद्दामा सकारात्मक रहेको र कार्यान्वयनतर्फ उन्मुख हुने बताउनुभएको थियो।

कार्यक्रममा महासङ्घ अध्यक्ष देवीराम शर्मा, सचिव बुद्दिमणि खरेल, सहसचिव विष्णुप्रसाद आचार्य, सदस्य शीला खराल, नमराज पाण्डे शिक्षक सङ्घका नगर अध्यक्ष चिरन्जिवि थापा, नेपाल राष्ट्रीय शिक्षक सङगठनका अध्यक्ष दधिराम शर्मा, नेपाल राष्ट्रीय शिक्षक सङगठनका पुर्व जिल्ला अध्यक्ष ज्ञानहरि सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

सोहि अवसरमा नेपाल शिक्षक सङ्घको तर्फबाट अध्यक्ष थापाले पनि ध्यानाकर्षण पत्र नगरप्रमुख समक्ष पेस गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया