कृष्ण अन्जान, रुरु: रुरुधाममा यतिबेला दैनिक चार सय देखि पाँचसय सम्म धार्मिक तथा आन्तरिक पर्यटकहरुकाे ओईराे लाग्ने गरेकाे छ।
नेपालकै ऐतिहासिक र धार्मिक धरोहर रुरुधामको भौतिक विकास जोडतोडले बन्दै गर्दा यसक्षेत्रका व्यवसायी हरुपनि लगानिका लागि उत्साहित भएका छन। अझै पछिल्लो चरणमा रुरुधाममा आउने आन्तरिक पर्यटककाे चाँप यति बढेको छ कि यहाँका हाेटलहरुमा बास पाउन अत्यन्तै गाह्राे हुन थालेकाे छ।
यतिबेला रुरुधाम रिडीको सँरचनात्मक विकास जारी छ । नेपालकै एकमात्र तीनमुखे पुलको निर्माण कार्य सम्पन्न सँगै कालिगण्डकी नदि र रिडीखोला तटबन्ध निर्माण ,स्थानीय मठ मन्दिर सुधार मुक्तिनाथ जोड्ने कालिगण्डकी करिडोरको स्तरोन्नति ले अब रुरुधामलाई पछि फर्केर हेर्नुपर्ने आवश्यकता छैन। सायद यसैले पनि रुरुधाममा व्यवसायिक आकर्षण र अझै त्यसमा पनि होटल व्यवसायमा लगानी ह्वात्तै बढेको छ।
रुरुधाममा सुविधा सम्पन्न होटल क्राउन, होटल बिहानी, होटल रायमाझी, होटल शान्तिपुरे लगायतले गुणस्तरीय सेवा दिईरहेका छन जसको कारणले रुरुधाममा आउने पर्यटक हरुलाई रिडीमा वास बस्न र खानपानमा सजिलो भएको छ।
रुरुक्षेत्र गाउ पालिका-३, थोर्गाका नारायण ज्ञवालीले करिव तीन करोडको लगानिमा रिडीबजारमा सुविधा सम्पन्न होटल क्राउन सन्चालन गरेका छन भने शैलेन्द्र दर्लामीले होटल बिहानी ,बिक्रम रायमाझीले रायमाझी होटल र प्रेम श्रेष्ठले होटल शान्तिपुरे मार्फत गुणस्तरीय सेवा प्रदान गरिरहेका छन । र अन्य साना ठुला होटल त दर्जनौं छन।
आन्तरिक पर्यटक मात्र आईरहँदा रिडीबजारमा विदेशी पर्यटकहरु पनि आउन थालेकाे होटल क्राउनका सञ्चालक नारायण ज्ञवालीले बताए। ‘विदेशी पर्यटक पनि आउन थालेका छन यसले रुरुक्षेत्रको पर्यटन क्षेत्रमा नयाँ आशा जगाएको छ’ ज्ञवालीले भने।
कालिगण्डकी करिडोरको बसपार्क लामाचौपारी खण्डमा सडक सँगै जोडेर अधिकांश होटल निर्माण भएका छन। यी होटलहरुमा यतिबेला सुविधा सम्पन्न तातो र चिसो पानी, एसी समेत जडान भएका छन। साना ठुला सभा सम्मेलन ,पुजा पाठ, विवाह, ब्रतबन्धका लागू सेमिनार हलको पनि सन्चालनमा आएका होटल हरुमा व्यवस्था गरिएको छ।
केही होटलहरुबाट रुरुधामको ऋषिकेश मन्दिर, काली र रिडीको संगम, स्याङ्जाको किपट क्षेत्र धित मरुन्जेल हेर्न पाईन्छ।
नेपाली, चाईनिज, ईण्डियन र कन्टिनेन्टल खानाको स्वाद पस्किरहेको यी होटलमा पिज्जा बर्गर र ममका विविध स्वाद र लोकल माछा प्राथमिकतामा छन भने हरेक होटलमा एकसय पचास जनालाई एकै पटक खाना खुवाउन सक्ने गरी व्यवस्थापन गरिएको छ।
‘यो क्षेत्रमा अत्यधिक धार्मिक पर्यटक र मलामीहरु आउने हुँदा हामिले शाकाहारी भान्साको छुट्टै व्यवस्था गरेका छौँ’ बिहानी होटलका सन्चालक शैलेन्द्र दर्लामीले भने। कालीगण्डकी करिडोरकाे रिडी हर्मीचौर क्षेत्र कालाेपत्रे भईरहँदा यस नजिकैका रुद्रवेणि ,सेतिवेनि क्षेत्रमा पनि धार्मीक पर्यटन बढेकाे छ भने रिडी हुँदै मिर्मीबाट गल्याँग निस्केर पाेखरा जान र करिडोर हुँदै रानीघाट जान पनि सजिलाे भएकाे छ।
हामिले धेरै तिर्थ यात्रु मलामी हरुले दुख पाएको बस्ने खाने खाने ठाउँ नभएको महशुस गरेका छौँ त्यसैले त्यहि प्रकारको सुविधा चौबिसै घण्टा दिने तयारी गरेका छौँ होटल क्राउनका सन्चालक नारायण ज्ञवालीको भनाई छ।
रुरुधाम धार्मिक पर्यटनको केन्द्र बन्नेमा दुईमत छैन। बिस्तारै विकासको पदचिन्हलाई पछ्याउँदै अगाडि बढेको रुरुधामको प्रचारप्रसारले यो क्षेत्रलाई अन्तराष्ट्रिय पर्यटक हरुको गन्तव्य बनाउन मद्दत पुर्याउन सक्ने देखिन्छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










