Salime Malika Krishi Farm

Awareness Campaign

बागलुङका तीनवटा गाउँपालिकाबाट श्रम स्वीकृति



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

बलेवा: बागलुङ जिल्लाको ताराखोला, काठेखोला र बडिगाड गाउँपालिकाले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई श्रम स्वीकृति दिन थालेका छन्। गाउँपालिकाहरुले रोजगार शाखामार्फत श्रम स्वीकृति दिन थालेका हुन्।

वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा पाएपछि दङ्ग छन् । यसअघि श्रम स्वीकृति लिन वैदेशिक रोजगार विभाग वा प्रदेशस्थित श्रम कार्यालय जानुपर्ने बाध्यता थियो।

गाउँबाटै श्रम स्वीकृति पाउँदा वैदेशिक रोजगारीमा जाने युवाहरु उत्साहित भएको बडिगाडका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताउनुभयो । वैशाखको पहिलो सातादेखि नै सेवा सुरु गरेको गाउँपालिकामा मङ्गलबार पहिलो पटक जापान जाने युवाले पुनः श्रम स्वीकृति लिएका छन्।

सिंचाई
Forest
Ad.

बडिगाड – ५ का टेकबहादुर जिसीले जापानमा रोजगारीका लागि जान पुनः श्रम स्वीकृति लिनुभएको हो । श्रम स्वीकृतिका लागि अनलाइन प्रणालीको सुरुआत भएसँगै वैशाख १ गतेदेखि यो सेवा स्थानीय तहले नै दिन पाउने व्यवस्था गरिएको थियो।

श्रम स्वीकृति लिने व्यक्तिले राहदानी, एकप्रति पासपोर्ट साइजको फोटो, पारिवारिक विवरण, बैंक खाता, व्यक्तिगत इमेल, सम्पर्क नं, रोजगारदाताले दिएको सम्झौतापत्र, राहदानीको प्रतिलिपिसहित नगरपालिकाको रोजगार सेवा केन्द्रमा निःशुल्क अनलाइन आवेदन दिन सकिने ताराखोला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश गैरेले बताउनुभयो।

“श्रम स्वीकृति लिँदा तिर्नुपर्ने शुल्क बुझाउन बैंकिङ प्रणालीमा केही समस्या छ, अरू सबै काम अनलाइनबाट हुने भएकाले सहज हिसाबले काम भइरहेको छ”, उहाँले भन्नुभयो । वैदेशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र बीमा रकमबापत तिर्नुपर्ने शुल्क तोकिएको बैंक खातामा दाखिला गरेपछि श्रम स्वीकृतिका लागि प्रक्रिया अगाडि बढ्ने उहाँको भनाइ थियो।

श्रम स्वीकृतिसम्बन्धी अन्य जानकारी स्थानीय तहको रोजगार सेवा केन्द्रमार्फत पनि बुझ्न सकिने गाउँपालिकाले जनाएको छ । यसअघि श्रम स्वीकृति लिन काठमाडौँ जानुपर्ने बाध्यता रहे तापनि अहिले आफ्नै पालिकाबाट सेवा पाइएकाले सहज भएको वडिगाड–५ का टेकबहादुर जिसीले बताउनुभयो ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया