Hi-Speed Computer

Awareness Campaign

बागलुङका विष्णुको परोपकार: हप्ताको एक दिन निःशुल्क बिरामी बोक्छन्



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

विमल खड्का, काठमाडाैं: बागलुङको गलकोट नगरपालिका-१०, पाण्डवाखानीका विष्णु काउँचा मगरले हप्ताको एक दिन बिरामीका लागि समय छुट्याएका छन्। हप्ताको ६ दिन अन्य यात्रुहरु आसोरपसार गर्ने काउँचा मगर सोमबार दिनभर विरामीका लागि समय छुट्याएका हुन्।

‘म ट्याक्सी चालक हुँ, बिरामी लगेर अस्पताल जाँदै गर्दा त्यहाँका डाक्टरहरुले बिरामीलाई गर्ने सम्मानजनक व्यवहार र नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको लगानीप्रति अत्यन्तै प्रभावित छु,’ उनले हामीसंग भने, ‘समाजसेवा गर्न धेरै टाढा जानुपर्दैन भन्ने भावना मनमा जाग्यो र यो निर्णय लिएँ।’

उनका अनुसार हप्ताको सोमबार बिहानदेखि बेलुकीसम्म हटिया बजारदेखि हरिचौरसम्म र हरिचौरदेखि हटिया बजारसम्म बिरामीका लागि निःशुल्क ट्याक्सी सञ्चालन हुनेछ।

Forest
Forest
Ad.

‘म पूर्ण रूपमा व्यवसायिक ट्याक्सी चालक हुँ, मेरो रोजीरोटी र आम्दानीको स्रोत यहीँ व्यवसाय हो, मेराे परिवार यसमा नै आश्रित छन्,’ उनले भने, ‘नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको लगानी, व्यवस्थापन र अस्पतालको सेवा सुविधाप्रति अत्यन्तै प्रभावित भएर यो निर्णय लिएको हुँ।’

आर्थिक अभावका कारण कुनै बिरामीले अकालमै ज्यान गुमाउन नपरोस् भन्ने अभिप्रायले हप्ताको सोमबार महिनाको ४ दिन निःशुल्क ट्याक्सी सेवा शुरु गरेको उनले सुनाए।

‘सामाजिक भावनाले ओतप्रोत भै स्वास्थ्य क्षेत्रमा थोरै भएपनि सकेको सहयोग पुगोस् भनेर सोमबार हटिया जीपपार्कदेखि गलकोट नगरअस्पतालसम्म जान आउनको लागि विरामीलाई निःशुल्क ट्याक्सी सेवा दिने प्रण गरेको छु,’ उनले भने।

उनले कोही बिरामी भएर अस्पताल जानु परे मोबाइल नम्बर ९८५७६८५००० मा सम्पर्क गर्न अनुरोध समेत गरेका छन् । हाल हटिया बजारदेखि हरिचौरसम्म पुग्ने ट्याक्सीले प्रतिव्यक्ति १ सय ५० र जीपले एक सय रुपैयाँ भाडा लिन्छन्।

Awareness by SKF

हरिचौरमा १५ शैय्याकाे नगर अस्पताल निर्माण भएपछि दैनिक दुई सय जना विरामीले सेवा लिइरहेको अस्पतालका प्रमुख डा. राजेश पौडेलले जानकारी दिए।

उनका अनुसार गलकोट नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिका क्षेत्र आसपासका विरामीहरुले सेवा लिइरहेका छन् । हाल २७ जना कर्मचारी रहेको नगरअस्पतालमा दन्त , ओपीडी र प्रसुतिलगायतका सेवाहरु उपलब्ध छन्।

अहिले गलकोटको हरिचौरमा आँखा उपचार केन्द्र, दन्त सेवा, ओपिडीलगायतका सेवाहरु सञ्चालन भएपछि धेरै मानिसहरु उपचारका लागि काठमाडौं, पोखरा, बुटवल जान छाडेको अस्पताल व्यवस्थापन समितिका सदस्य योगेश भण्डारीको भनाइ छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया