भुवन काफ्ले ‘अञ्जान’, मुसिकोट: होटल व्यवसायी युवा विवेक काफ्लेले आइतबार परेको आफ्नो जन्मदिनको अवसरमा आफुले प्राथमिक तह अध्ययन गरेको विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्नुभएको छ।
गुल्मीको मुसिकोट नगरपालिका-७, वामीमा रहेको मदुस क्याफे क्लकका सञ्चालक विवेक काफ्लेले आफ्नो जन्मदिनको अवसरमा मुसिकोट नगरपालिका, वडा नं. ७, काफलटोलामा रहेको भगवती प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको हो।
काफ्लेले जन्मदिनको दिनमा अन्य फजुल खर्च गर्नु भन्दा विद्यालयमा शैक्षिक सामाग्री वितरण गरी जन्मदिन मनाउने निर्णय गरी विद्यालयमा शैक्षिक सामाग्री विवरण गरी साना-साना नानीबाबुहरुको मुहारमा खुसी छाउने काम गरेको विद्यालयका प्रधानाध्यापक तेज नारायण सापकोटाले धन्यवाद संगै जन्मदिनको शुभकामना व्यक्त गर्दै अन्य युवाहरुलाई पनि यस्तै सामाजिक कार्यमा लाग्न अनुरोध गर्नुभयो।

त्यस्तै काफ्लेले शैक्षिक सामाग्री विवरण गर्दै आफुले प्राथमिक तह अध्ययन गरेको विद्यालयमा यसरी शैक्षिक सामाग्रीहरु सहयोग गर्न पाउँदा धेरै खुसी व्यक्त गर्दै विद्यालयलाई आगामी दिनहरुमा पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
जिउँदो सालिक फाउन्डेसनका संस्थापक तथा सालिक खत्री क्रियसन्सका व्यवस्थापक सालिक खत्रीले युवा व्यवसायी काफ्लेको यो कदम प्रशंसनीय र अनुकरणीय रहेको उल्लेख गर्दै जन्मदिनको शुभकामना पनि व्यक्त गर्नुभयो।
सानै उमेरबाट सामाजिक नेतृत्व गर्ने रुचि राख्ने काफ्ले अहिले होटल व्यवसायी मञ्च, मुसिकोटका अध्यक्ष, सामुदायिक रेडियो पुष्पाञ्जली ९७.४ मेगाहर्जको सञ्चालक समितिको कार्यवाहक अध्यक्ष, लियो क्लब अफ गुल्मी सालिमेको जनसम्पर्क अधिकृत लगायतका जिम्मेवर पदमा रहेर सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










