Salime Malika Krishi Farm

Awareness Campaign

बडीगाड खोलामा मनपरी दोहन: प्राकृतिक स्वरुप क्षतविक्षत (भिडियो रिपोर्ट सहित)



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार, गुल्मी: बडीगाड नदीमा ढुंगागिट्टी र बालुवा उत्खनन् मनपरी भइरहेको छ। यो मनपरीलाई स्थानीय तहले आँखा चिम्लिएरसाथ दिएका छन्। स्थानीय सरकारले ठेकेदारलाई साथ दिदा नागरिकको उठीबास लाग्न थालेको छ।

मुसिकोट नगरपालिकाको झेँदी, भुवाचिदी, इन्द्रेगौंडा, झक्कले, गुल्मी दरबार गाउँपालिकाको सेरा, चन्द्रकोट गाउँपालिकाको भुजुंगेमाठेकेदारले मनपरी उत्खनन् गरेका छन् । स्काभेटर प्रयोग गरेर मनपरी उत्खनन् गर्दा स्थानीय तहले रोक्न सकेका छैनन्।

ढुंगागिट्टीको ठेक्का दिने काम स्थानीय तहले गर्दछन् । राजस्व संकलन गर्नका लागि ठेक्का लगाएका स्थानीय तहले मनपरी भएकोजानकारी पाउँदा समेत रोक्न सकेका छैनन् । उनीहरुले उत्खनन् भएको ठाउँमा प्राविधिक टिम लगेर अनुगमन गर्ने काम गरेका छैनन्।

सिंचाई
Forest
Ad.

मुसिकोट नगरपालिका—५ झक्कलेमा नदी किनारमा घर हुनेहरु रातमा डोजर चलेको आवाजले सुत्न सकेका छैनन् । तीब्र कटान रउत्खनन्ले बस्ती जोखिममा परेको स्थानीय बासिन्दाको भनाई छ ।

बडीगाड नदीले कटान गर्दा एक दर्जन घर परिवारको १५ रोपनी खेत बगर बनाउँदा थप जोखिम रोक्न सरकारले ध्यान नदिएको स्थानीयलक्ष्मी भण्डारीले बताइन । तटबन्ध गरी बस्ती जोगाउन स्थानीय सरकारको ध्यान पुग्ला भन्ने अपेक्षा गरेका स्थानीय बासिन्दाको निद्राअहिले मध्यरातमा चल्ने स्काभेटर र टिप्परको आवाजले बिथोलिदिएको छ ।

‘नगरपालिका कार्यालयमा गएर पटक— पटक रोक्न भन्यौं तर नगरपालिकाले पैसा उठाउनका लागि हाम्रो कुरा सुनेन् ।’—स्थानीयचन्द्रकला राकसले भनिन् ।

स्थानीय कुलानन्द खरेलले भने—‘खेतीयोग्य भूमि बगर बन्यो । अहिले मनपरी स्काभेटर चलाएर उत्खनन् गरिएको छ । नगरपालिकालाईभन्दा बेवास्ता गर्छन् । हामीलाई गुहार कसैले दिएनन्।

Awareness by SKF

गुल्मी दरबार—१ को सेराफाँटमा दुई वर्ष अघि बाढी पसेको थियो । वर्षेनी आउने बाढीबाट जोगाउन यहाँ नियमित तटबन्ध हुँदै आएको छ। स्थानीय बासिन्दाहरुका अनुसार, केही वर्ष यता भएको उत्खननले नदीले धार फेरिरहँदा जोखिम बढेको छ । पहिले गरेका तटबन्ध सबै बगाइसक्यो । केही वर्ष यताका तटबन्ध पनि सुरक्षित छैनन् ।

नदी खोलामा ढुंगागिट्टी र बालुवा जेठ मसान्तसम्म उत्खनन् गर्न पाउने व्यवस्था छ । असारदेखि भदौ मसान्तसम्म नदीमा उत्खनन् गर्न रोकलगाइएको छ । ठेकेदारले जेठ मसान्तसम्म उत्खनन् गरेर नदी किनारमा घाट गद्दी गर्दै आएका छन् । घाटगद्दी गरेको सामग्री अरु बेलाबेच्ने गर्छन् । ठेक्का प्रक्रिया अघि बढाउँदा कम्तिमा मंसिरपछि मात्रै नदीमा उत्खनन् गर्न खुला हुन्छ । यही बीचको समयमा घाटगद्दी गरेको सामग्रीलाई महँगो मूल्यमा बेच्ने गर्छन्।

मनपरी उत्खनन् भइरहेकोबारे मुसिकोट नगरपालिकाका प्रमुख जीवन खरेलले उठेको विषयवस्तुमा संवेदनशील भएको बताए । उनले भने, ‘अनुगमन गरी खेत कटान गरेतिर उत्खनन् गर्न रोक लगाएका छौं, राती स्काभेटर र टिप्पर चल्न रोक लगाएका छौं ।’ उनले कटानबाट खेतीयोग्य भूमि बचाउन तटबन्ध गर्न बजेट विनियोजन गर्ने बताए।

बडीगाडमा मात्र होइन कालिगडकी नदी किनारमा समेत यसरी नै स्काभेटर चलाएर गिट्टी बालुवा उत्खनन् गरिरहेका छन् । कालीगण्डकी गाउँपालिका उपप्रमुख तथा अनुगमन समितिका संयोजक मञ्जुकुमारी दर्लामीले मनपरी भइरहेको दोहन रोक्न पहल गर्ने बताइन।

   प्रेम सुनारको यो रिपोर्ट हेर्नुहोस्:
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया