Smoking Causes Cancer

अब मालिका गाउँपालिकाबाटै श्रम स्विकृति



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको मालिका गाउँपालिकाले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई श्रम स्वीकृति दिन थालेको छ।

आज शुक्रबार मालिका गाउँपालिका -३ ह्वाङ्दिका लिल बहादुर बुढा मगरले पहिलो पटक रोजगार शाखा मार्फत पुनः श्रम स्वीकृति प्राप्त गरेको रोजगार शाखाका प्रमुख खेमराज गैरेले बताए ।

आवश्यक कागजात पूरा गरि पेस गरेको २४ घण्टा भित्र श्रम स्वीकृति उपलब्ध हुने गैरेले उल्लेख गरे ।

सिंचाई
Forest
Ad.

वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा पाउँदा खुसी भएका छन् ।

साथै अब श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिन बुटवल ,काठमाडौ जानु पर्ने बाध्यता हटेको छ ।

नागरिकको पैसा,समयको बचत हुनुका साथै राज्यको माथिल्लो तहले प्रदान गर्दै आएको सेवा सुविधा स्थानीय तहमा आउनु सकारात्मक पक्ष रहेको प्रमुख प्रशासकीय अधिकृत विकास खनालले बताए ।

श्रम स्वीकृति लिने व्यक्तिले राहदानी, एकप्रति पासपोर्ट साइजको फोटो, पारिवारिक विवरण, बैंक खाता, व्यक्तिगत इमेल, सम्पर्क नम्बर , रोजगारदाताले दिएको सम्झौतापत्र, राहदानीको प्रतिलिपिसहित गाउँपालिकाको रोजगार शाखामा निःशुल्क अनलाइन आवेदन दिन सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खनालले उल्लेख गरे।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया