Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा आगलागी रोकथामको लागि सशस्त्र प्रहरीद्वारा सचेतना कार्यक्रम सञ्चालन



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: पछिल्लो समय आगलागीका घटना बढे संगै सशस्त्र प्रहरी बल गुल्मीले त्यस तर्फ चासो दिएको छ।

सशस्त्र प्रहरी बल ,नेपाल नम्बर ३७ हेडक्वाटर गुल्मीले आगलागी नियन्त्रण तथा रोकथामको लागि विद्यार्थी बिच सचेतना कार्यक्रम गरेको सशस्त्र प्रहरी बल गुल्मीका प्रमुख निभन खड्काले बताए ।

खड्काका अनुसार बैशाख १९ गते सिद्धबाबा मावि र बैशाख २७ गते महेन्द्र माविका विद्यार्थी बिच सचेतना कार्यक्रम सम्पन्न गरिएको हो ।

सिंचाई
Forest
Ad.

सशस्त्र प्रहरी बल निरीक्षक विवेक लामिछाने नेतृत्वको टोलीले सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।

विद्यार्थीलाई आगोको तत्व,आगोको वर्गीकरण ,आगलागी हुनुको कारण ,आगलागी नियन्त्रणको लागि पुर्व तयारी,आगलागी भएमा के गर्ने ,आगलागी नियन्त्रण गर्दा ध्यान दिनु पर्ने विषयवस्तु सम्बन्धि सचेतना कक्षा सञ्चालन गरिएको हो ।

साथै आगलागीको उच्च जोखिम रहेका जिल्लाका अन्य स्थानमा पनि आगलागी सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने सशस्त्र प्रहरी बल गुल्मीले जनाएको छ। -गुल्मी अपडेट

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया