Salime Malika Krishi Farm

Awareness Campaign

३२ वर्षदेखि उपभोग गरिरहेको खानेपानी नगरले काटेको भन्दै वामीवासी आन्दोलित



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: लामो समयदेखि आफुहरुले उपभोग गर्दै आईरहेको खानेपानी नगरपालिकाले एक्कासी काटिदिएको भन्दै वामीबासी विरोधमा उत्रिएका छन्।

साविकको वामी गाउँ विकास समिति वडा नं १, २ र ३ को अमलाबोट, पन्थटोल, टार, पल्टार, बजार क्षेत्र लगायत क्षेत्र हालको मुसिकोट नगरपालिका वडा नं ७ का ३१ वटा सार्वजनिक धारा मार्फत उपभोक्ताहरुले ३२ वर्षदेखि उपभोग गर्दै आईरहेको खानेपानी आयोजना एकघर एकधाराको नाममा काटिएको भन्दै उनीहरुले विरोध जनाएका हुन्।

वडा नं ७ स्थित ढाब्रोट, पल्टार, टार तथा बजार क्षेत्रका स्थानीयहरुले एक घर एक धारा खानेपानी आयोजना असफल भएपछि उक्त आयोजना सफल बनाउन नगरपालिकाले आफुहरुले उपभोग गर्दै आईरहेको खानेपानीको पाईप काटेर उक्त एक घर एक धारा खानेपानी आयोजनामा मिसाएको भन्दै विरोध जनाएका हुन् ।

सिंचाई
Forest
Ad.

“हामीहरुले ३२ वर्षदेखि यही खानेपानी आयोजना उपभोग गर्दै आईरहेका छौँ, एक घर एक धाराको नाममा करङ खोला मौरी भिर खानेपानी आयोजनाबाट आउने धमिलो पानीमा हामीले बर्षौँदेखि उपभोग गर्दै आईरहेको पानी मिसाईएको प्रति हाम्रो गम्भीर आपत्ति छ, स्थानीय फुलप्रसाद सापकोटाले भन्नुभयो – हामीलाई थाहा नै नदिई खानेपानीको पाईप काटिएको छ हामी चुप लागेर बस्ने वाला छैनौँ ।”

दुन्दुरे खानेपानी आयोजना उपभोग गर्दै आईरहेका उनीहरुले बुधबार स्थानीयहरुको भेला गरी चरणबद्ध कार्यक्रमहरु गर्ने निणर्य गरेका छन् । नगरपालिकाले आफुहरु माथि अन्याय गरेको उनीहरुको आरोप छ । “एक त बर्षौँ देखि हामीले खाईरहेको पानी काटिएको छ, अर्को तर्फ बजारमा खानेपानीको हाहाकार नगरपालिकाले नै गराउने र परिक्षा चलिरहेको समयमा खानेपानीको पाईप काटेर नगरले गैर जिम्मेवार काम गरेको स्थानीय अम्बु रायमाझीले बताउनुभयो ।”

आफुहरुले बर्षौँदेखि उपभोग गर्दै आईरहेको खानेपानी नै उपभोग गर्न पाउनुपर्ने उनीहरुको माग छ । विरोधका उत्रिएका स्थानीयहरुले बिहिवार मुसिकोट नगरपालिकाको न्यायिक समिति, वडा नं ७ वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, खानेपानी कार्यालय लगायतमा ध्यानाकर्षण पत्र बुझाउने निणर्य गरिएको स्थानीय डिलाराम खरेलले जानकारी दिनुभयो।

आफुहरुको माग सम्बोधन नभएसम्म सकभर शान्तिपूर्ण रुपमै आफुहरु विरोधमा उत्रिने र वेवास्था गरिए कडा सघंर्षका कार्यक्रम घोषणा गरिने उहाँले बताउनुभयो ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया