Smoking Causes Cancer

गुल्मी भएर चल्ने सवारी साधन अनिश्चितकालका लागि बन्दको घोषणा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: राष्ट्रिय युवा संघ नेपाल गुल्मीले भोलि बिहान ५ बजेदेखि अनिश्चितकालको लागि गुल्मी जिल्लाबाट बाहिर चल्ने लामो तथा छोटो दुरीका यातायात बन्द गराउने निर्णय गरेको छ।

बैशाख २५ गते राष्ट्रिय युवा संघ नेपाल गुल्मी सचिवालय सदस्य तथा छत्रकोट गाउँपालिका अध्यक्ष समेत रहेका ३२ वर्षिय जीवन बाबु पन्तको गुल्मी देखी बुटवल जादै गर्दा बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ ख २६१४ नम्बरको टिपरले ठक्कर दिँदा मृत्यु भएको थियो । दोषिलाई कार्वाहीको माग गदै प्रेस विज्ञप्ति जारी गरि सो निर्णय गरेको राष्ट्रिय युवा संघ नेपाल गुल्मीले जनाएको छ।

यो पनि: गुल्मीका युवाको टिप्परले हानेर मृत्यु

सिंचाई
Forest
Ad.

घटनाको दोषिलाई कार्वाहीको माग गर्दा पाल्पा जिल्ला प्रहरीका एस.पि हेराम्ब शर्माले पीडितहरुलाई धम्कीपुर्ण भाषा प्रयोग गरेको र टिप्पर चालकलाई ढाक छोप गरिएको भन्दै दोषिलाई कार्वाहिको माग गर्दै अनिश्चित कालको लागि यातायात बन्द गर्न लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ । बन्द अवधिमा अत्यावश्यक साधन बहेक सम्पुर्ण सवारी साधनहरु बन्द हुने विज्ञप्तिमा उल्लेख गरिएको छ।

यदि कसैले सुचनाको बेवास्ता गरि सवारी साधन चलाएमा क्षतिको जिम्मा स्वयम् आफैले लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष सुरेश भण्डारी र सचिव विमल ज्ञवालीद्धारा हस्ताक्षरित विज्ञप्तीमा सम्र्णूले सहयोग गर्न आग्रह गरेका छन । जिल्ला भित्र सबै खाले यातायात ठप्प हुने राष्ट्रिय युवा संघ नेपाल गुल्मीका अध्यक्ष सुरेश भण्डारीले बताए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया