Awareness

गुल्मीमा सञ्चालित लुम्बिनी प्रदेश स्तरिय तेक्वान्दोको उपाधी नवलपुरलाई

खबर खेलकुद खबर

Place for ads

टोपलाल अर्याल, गुल्मी:  गुल्मीको इस्मा गाउँपालिका–३ दर्लामचौर ठाढुङ्गामा संचालित खुल्ला लुम्बिनी प्रदेश स्तरीय डब्लु. टि.एफ. तेक्वान्दो प्रतियोगीतामा एलाइट तेक्वान्दो डोजाङ्ग नवलपरासी प्रथम भएको छ ।

नौ स्वर्ण, दुई कास्य र छ रजतसहित नवलपुर प्रथम भएको हो । त्यस्तै सात स्वर्ण, एक कास्य र चार रजतसहित गैडाकोट तेक्वान्दो डोजाङ्ग नवलपरासी द्धतिय भएको छ । तीन स्वर्ण, १० कास्य र आठ रजतसहित नबप्रभात तेक्वान्दो डोजाङ्ग रुपन्देही तृतिय भएको आयोजक इस्मा तेक्वान्दो डोजाङ्गका अध्यक्ष बसन्त घिमिरेले जानकारी दिए ।

Get Vaccinated

प्रतियोगीतामा प्रथम, द्धतिय र तृतियले क्रमश : नगद २५, १५ र १० हजारसहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै इस्मा डोजाङ्गकी शर्मिला परियार र अर्घाखाँचीका किसनसिंह नेपाली प्रतियोगीताको उत्कृष्ट खेलाडी भएका छन् । उनीहरुले नगद तीन हजार प्राप्त गरेका छन् । टीम व्याटलमा गैडाकोट तेक्वान्दो डोजाङ्ग उत्कृष्ट हुँदै नगद छ हजार प्राप्त गरेको आयोजकले जनाएको छ ।

प्रतियोगीताको लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य डिल्लीराज भुसालले उद्घाटन गरेका थिए । साढे दुई बर्ष पहिले स्थापना भएको इस्मा दोजाङ्गले अहिले प्रथम खुल्ला प्रदेश स्तरीय डब्लु टि.एफ तेक्वान्दो आमन्त्रण प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगीतामा गुल्मीसहित अर्घाखाँची, रुपन्देही, नवलपरासी, बाँके र रोल्पाका दुई सय बढि खेलाडी र प्रशिक्षक सहभागी थिए । प्रतियोगितामा २४ देखि ६१ केजी तौल भएका खेलाडीबिच प्रतिस्प्रर्धा भएको नेपाल राष्ट्रिय तेक्वान्दो जिल्ला कार्यसमित गुल्मीका अध्यक्ष तथा इस्मा डोजाङ्गका प्रशिक्षक दिपक घर्तिले जानकारी दिए ।

दुई दिनसम्म एकल स्पाईरिङ, सामुहिक स्पाईरिङ लगायतका प्रतियोगिताहरु संचालन गरिएको थियो । प्रतियोगीता संचालन गर्न प्रशिक्षक र खेलाडीले घर–घरमा चन्दा संकलन गरेका थिए ।

Awareness by SKF

मातृभूमिको मायाले आयोजित कार्यक्रममा सौहार्दपूर्ण रुपमा सम्पन्न भएकाले क्रृण बोक्नुपर्ने अवस्थामा पनि खुसी भएको घर्तिले बताए । घर्तिको निस्वार्थ खेलप्रेमका कारण स्वदेश तथा परदेशबाट सहयोग संकलन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *