Salime Malika Krishi Farm

Awareness Campaign

मुसिकोट युवा क्लवको भित्तेपात्रो विमोचन



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: मुसिकोट युवा क्लवले नयाँ वर्ष २०८० सालको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ।

होटल दरबार वामीटक्सारमा सम्पन्न कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरउपप्रमुख गगां श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्थापनाको छोटो समयमै क्लवले प्रशंसनीय कार्य गरेको भन्दै मुसिकोट नगरपालिका क्लवसंग सहकार्य गरेर अगाडी बढ्न तैयार रहेको बताउनुभयो । नगरपालिकाका विभिन्न कार्यहरुमा सहकार्य गरेर तदारुकताका साथ अगाडी बढ्न उहाँले सुझाव दिनुभयो।

कार्यक्रममा आईएमई लाईफ ईन्सुरेन्सका गुल्मी प्रबन्धक विमल छन्तेल, गगां प्रा.विका प्रधानाधयापक कौरव खत्री, ग्लोबल आईएमई बैकं वामी शाखा प्रबन्धक बिष्णु कुँवर, नेपाली काँग्रेस मुसिकोट वडा न.७ सभापति डिलाराम खरेल, नेकपा एमाले मुसिकोट नगरकमिटी सचिव गोपिकृष्ण खरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै युवा क्लवको मर्म र भावना तथा विधान सम्मत काम गर्न आग्रह गर्नुभयो।

सिंचाई
Forest
Ad.

उहाँहरुले राजनैतिक हस्तक्षेपबाट मुक्त भएर निश्चित उद्धेश्य मात्रै तय गरी स्पष्ट लक्ष्यका साथ काम गर्न सकेमा प्रतिफल प्राप्त गर्न सहज हुने धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा क्लवका अध्यक्ष एवम् कार्यक्रमका सभापति वसन्त अधिकारीले मुसिकोटका ९ वटै वडामा रहेका युवा साथीहरुको जमघटबाट क्लव स्थापना गरिएको बताउँदै विगतमा गरेका कार्य र भावि कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो।

उहाँले क्लवले सुरुवाती स्थापनाको चरणमा स्वास्थ्य सचेतनासंग सम्बन्धित कार्यक्रम गरेको र आगामी दिनमा युवा सशक्तिकरण तथा स्वरोजगार सृजनाका कार्यक्रममा क्लव केन्द्रित हुने बताउनुभयो । उहाँले असार मसान्तमा ५० जना साधारण सदस्य थप गर्ने र अधिवेशन सम्पन्न गरि नयाँ कार्यसमिति निर्माण गरिने जानकारी दिनुभयो।

क्लवका वरिष्ठ उपाध्यक्ष अनुप पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन महासचिव विष्णु प्रसाद आचार्यले गर्नुभएको थियो । कार्यक्रममा क्लवका पदाधिकारी, विभिन्न सघंसंस्थाका प्रमुख तथा प्रतिनिधि, राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि तथा सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया