Smoking Causes Cancer

रुरुक्षेत्रको निर्णय: राज्यको सेवा सुविधा लिने सबैले सामुदायिक विद्यालयमा पढाउनु पर्ने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले बोल्ड निर्णय गरेको छ। बैशाख ७ गते बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो । यो निर्णय सङ्ग अब रुरुक्षेत्र गाउँपालिकाका जनप्रतिनिधि, गाउँपालिका भित्र कार्यरत राष्ट्र सेवक कर्मचारी तथा शिक्षकहरुले आफ्ना छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनु पर्ने छ ।

शैक्षिक गुणस्तर वृद्धि गर्नको लागि सो निर्णय गरिएको अध्यक्ष यदु ज्ञवालीले बताए ।

कार्यपालिका बैठकमा सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि कसरी गर्न सकिन्छ भन्ने विषयमा महिला सदस्यले राखेको यो प्रस्ताव सर्वसम्मत पास भएको अध्यक्ष ज्ञवाली उल्लेख गरे ।

सिंचाई
Forest
Ad.

त्यस्तै यता निर्णय कार्यान्वयनको लागि गाउँपालिका कडाइका साथ लागेको शिक्षा शाखाका प्रमुख झवीलाल विकले बताए ।

सम्पुर्ण वडा कार्यालय , विद्यालय तथा सम्बन्धि ठाँउमा पत्रचार गरिएको र निर्णयलाई प्रभावकारी बनाउन गाउँपालिकाको टिम लागि परेको उनले बताए ।

साथै निर्णय कार्यान्वयनमा चुनौती रहेतापनी १/२ दिन भित्रै नतिजा देखिने गरि काम गरिरहेको शिक्षा शाखाको दावी रहेको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया