Smoking Causes Cancer

गुल्मीमा दुई हजार हेक्टर वनमा डढेलो



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

तम्घास: गुल्मीमा सामुदायिक वनको दुई हजार हेक्टरमा डढेलो लागेको छ। गत वर्षको चैत र यस वर्ष वैशाखमा जिल्लाका विभिन्न ८९ ठाउँमा डढेलो लागेको छ।

डढेलोबाट साना बिरुवा, पातपतिङ्गर, चराचुरुङ्गी एवं विभिन्न जडीबुटी पूर्णरूपमा नष्ट भएका छन् । ठूला रुखमा पनि आंशिक क्षति पुगेको डिभिजन वन कार्यालयका सूचना अधिकारी मुना शर्माले जानकारी दिनुभयो ।

डढेलोबाट कतिपय जङ्गली जनावरको मृत्यु भएको छ भने कतिपयले बासस्थान परिवर्तन गरेका छन् ।

सिंचाई
Forest
Ad.

सबैभन्दा धेरै रेसुङ्गा र मुसिकोट नगरपालिकामा सात सय नौ हेक्टर सामुदायिक वनमा आगलागी भएको शर्माले बताउनुभयो । डढेलोमा परी जिल्लामा दुई जनाको ज्यान गएको छ।

धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३ वर्षीय दीपक मुखिया र ५३ वर्षीय धनबहादुर जोगी कुँवरको आगो निभाउने क्रममा मृत्यु भएको कार्यालयले जनाएको छ । वनमा आगो लगाउने एक जनालाई कारबाहीको दायरामा ल्याइएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया