Salime Malika Krishi Farm

Awareness Campaign

छत्रकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयं सेविकालाई दिन थाल्यो पेन्सन



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको छत्रकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकालाई पेन्सन दिन सुरुवात गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा हालै सो गाउँपालिका भरका स्वयम्सेविकालाई सम्मानजनक बिदाइका लागि निवृत्तिभरण (पेन्सन) दिन सुरु गरिएको हो ।

गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकामध्ये स्वेच्छिक अवकाश लिनेलाई एकमुष्ट १० हजारदेखि सेवा अवधिअनुसार र अनिवार्य अवकाश लिनेलाई एकमुष्ट ५० हजार निवृत्तीभरण दिने स्वास्थ्य शाखाप्रमुख श्याम सुन्दर पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार अनिवार्य अवकाश हुनुहुने स्वयम्सेविकाहरुले मासिक एक हजार पेन्सन पाउनुहुनेछ ।

गाउँपालिकाका विभिन्न वडामा कार्यरत रहनुभएका चारजना स्वास्थ्य स्वयम्सेविका निवृत्तीभरण हुनुभएको छ । स्वेच्छिक अवकाशअन्तर्गत कमला ज्ञवाली, गोमा भण्डारी, विष्णुमाया घिमिरे र भगवती न्यौपाने रहनुभएको छ । उहाँहरुले हालसम्म सेवारत रहेबापत गाउँपालिकाबाट सेवा अवधिअनुसार क्रमशः रु २५ हजार, २५ हजार, १० हजार र २५ हजार प्राप्त गर्नुभएको छ । साथै ६० वर्ष उमेर पुगेका कारण अनिवार्य अवकाश हुनभएकी भागीरथा कँडेलले सङ्घीय सरकारबाट २० हजार र गाउँपालिकाबाट ३० हजार गरी कूल रु ५० हजार प्राप्त गर्नुभएको छ । उहाँले अब मासिक एक हजारका दरले प्रोत्साहनस्वरुप पेन्सन पाउनुहुनेछ।

सिंचाई
Forest
Ad.

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालले सञ्चारमा प्रचारका लागि मात्र नभई दीर्घकालीन कामका लागि मात्र नयाँ कार्यक्रम ल्याउन सुझाव दिनुभयो । उहाँले स्वास्थ्य स्वयम्सेविकालाई निवृत्तिभरण दिने कार्यक्रमको कार्यान्वयन गर्नु छत्रकोट गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा हासिल गरेको उपलब्धि भएको बताउनुभयो ।

छत्रकोट गाउँपालिकाका उपाध्यक्ष सावित्रा ज्ञवालीले स्वास्थ्य स्वयम्सेविकाले स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान गरेकोप्रति प्रशंसा गर्नुभयो । उहाँले जीवनभर गरेको सेवाबापत केही न केही राहत महसुस हुने गरी स्वास्थ्य स्वयम्सेविकालाई प्रोत्साहन गरिएको बताउनुभयो ।

सो गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेयले श्रमको मूल्यलाई मूल्याङ्कन गर्नका लागि श्रमिक दिवसको दिन ऐतिहासिक कार्यको शुभारम्भ गरिएको बताउनुभयो । “सामान्य खोपदेखि जटिल रोगमा पनि महत्वपूर्ण भूमिका स्वास्थ्य स्वयम्सेविकाको रहने गर्दछ”, उहाँले भन्नुभयो, “स्वयम्सेविकाका समस्या सम्बोधन गर्न पेन्सनको सुरुआत गरिएको हो ।” उहाँले स्वास्थ्य स्वयम्सेविकालाई पेन्सन दिने कार्यक्रम कार्यान्वयनमा गएकाले अब दीर्घकालीनसम्म रहने बताउनुभयो । स्वास्थ्य स्वयम्सेविकालाई पेन्सन दिन सुरु गर्ने गुल्मीको छत्रकोट गाउँपालिका नेपालमै पहिलो रहेको गाउँपालिका अध्यक्ष पाण्डेले दाबी गर्नुभयो ।

गाउँपालिकाका ६ वडामा हाल कूल ८६ जना सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविका रहनुभएको छ । गाउँपालिकाले १० वर्षसम्म सेवा गरेर स्वेच्छिक अवकाश लिएमा १० हजार, २० वर्षसम्म सेवा गरेर स्वेच्छिक अवकाश लिएमा २० हजार र ३० वर्षसम्म सेवा गरेर स्वेच्छिक अवकाश लिएका २५ हजारसम्म पेन्सन दिनेछ । साठी वर्ष उमेर हदका कारण अनिवार्य अवकाश पाउनुहुने स्वयम्सेविकाले सङ्घीय सरकारको २० हजार र गाउँपालिकाले ३० हजार गरी एकमुष्ट रु ५० हजार र यसपछि मासिक एक हजार पेन्सन पाउनुहुनेछ ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया