Salime Malika Krishi Farm

Awareness Campaign

समाजसेवी लिल बहादुर थापाद्वारा मुसिकोटका असहाय परिवारलाई सहयोग



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: समाजसेवी लिल बहादुर थापाले गुल्मीको मुसिकोट नगरपालिका वडा नं ३ का एक विपन्न परिवारलाई खाद्यान्न सामाग्री सहयोग गर्नुभएको छ।

तोलादीका ओमे कुमालको परिवारलाई उहाँले खाद्यान्न लत्ताकपडा लगायत करिब २५ हजार बराबरको सामाग्री सहयोग गर्नुभएको हो।

घरमा खाने खर्च समेत नभएको अवस्थाको बारेमा केही दिन अगाडी जिटिभि नेपालबाट प्रशारित भिडियो सामाग्री हेरेपश्चात बाँकेको खजुरा गाउँपालिका वडा नं ४ डि गाउँ स्थायी घर भई हाल अमेरीकामा रहनुभएका थापाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो।

सिंचाई
Forest
Ad.

थापाले पठाउनुभएको सहयोग जिटिभि नेपालका अध्यक्ष दिपक नेपालीले कुमालको घरमै गएर हस्तान्तरण गर्नुभएको हो।

केही दिन अगाडी सहयोगको याचना गरेका ओमे कुमालको मृत्यु भएपनि उनको परिवारलाई सहयोग हस्तान्तरण गरिएको हो । समाजसेवी लिल बहादुर थापाले ओमे कुमालको चित्कार आफुले जिटिभिमा हेरेपछि केही राहत होस भनेर सहयोग पठाएको बताउनुभयो।

समाजसेवी थापाले ओमे कुमालका छोरा पूर्ण कुमालको पनि केही समय अगाडी उपचारमा सहयोग गर्नुभएको थियो भने आफु नेपाल आएको समयमा पनि सहयोग सामाग्री वितरण गर्नुभएको थियो । किड्नीको पत्थरी भई जीवनमरणको दोसाँधमा रहेका पूर्ण कुमालको लागि समाजसेवी थापाले उपचारमा सहयोग गरेपश्चात अहिले उनी स्वस्थ भएका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया