Salime Malika Krishi Farm

Awareness Campaign

रुरुधाममा पर्यटकको घुईँचो, होटलमा कोठा पाउनै मुस्किल



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

कृष्ण अन्जान, गुल्मी: रुरुधामकाे हाेटल क्राउनका सन्चालक नारायण ज्ञवालीले भन्दै थिए आन्तरिक पर्यटककाे चाप थाम्नै नसकिने भयाे। हुनपनि रुरुधाममा आउने आन्तरिक पर्यटककाे संख्या यसरी बढेको छ कि दैनिक पाँच/सात सयकाे संख्यामा रुरुधाममा आन्तरिक पर्यटकहरु आउने गरेकाे बताईन्छ।

कति आउँछन, आउँछन रिडीका हाेटलहरुले धान्न सकेका छैनन। यहाँ बस्ने गरेका पर्यटकहरू बस्ने ठाउँकाे अभावले फर्केर तानसेन तिर जाने गरेका छन हाेटल बिहानीका सन्चालक शैलेन्द्र दर्लामी भन्छन।

मुख्यतया रुरुधाममा आउने आन्तरिक पर्यटकहरुकाे लक्ष यहाँ आउने, रात बिताउने, बिहान कालीगण्डकी नदिमा स्नान गर्ने र रिषिकेश लगायत मठ मन्दिरमा दर्शन गर्ने हुन्छ। त्यो संगै कालीगण्डकी र रिडीखाेलाकाे सँगममा रहेकाे तिनमुखे पुलकाे अवलाेकन गर्ने, फोटो लिने र गन्तव्यमा फर्किने लक्ष हुन्छ तर याे साेँचले आएका आन्तरिक पर्यटकहरु बास नपाउँदा फर्किन बाध्य छन।

सिंचाई
Forest
Ad.

रुरुधाममा साना ठुला गरि करिब डेढदर्जन हाेटलहरु छन तर ती हाेटलहरुले यात्रुकाे चाँप धान्न सक्ने अवस्था छैन ।

रुरुधाममा हाेटल क्राउन, बिहानी, शान्तिपुरे, रायमाझी, ताेफा, धना लगाएतका हाेटलहरु सन्चालनमा छन र केही अन्य साना हाेटलहरु पनि छन तर याे क्षेत्रमा ओईराे लागेका आन्तरिक पर्यटककाे चाँप धान्ने क्षमता यहाँका हाेटलहरुसँग नभएको होटल व्यवसायी नै बताउछन्।

आन्तरिक पर्यटकहरुकाे याे चापलाई थेग्न नजिकका स्याङ्जाको किपट, रुरुक्षेत्र २ काे याडुँग, तानसेन १४ काे कुसेनीमा हाेमस्टे सन्चालनकाे आवस्यकता देखिएकाे छ भने तानसेन नगरपालिकाकाे अर्गली र रुरुक्षेत्र गाउँपालिकाकाे वडा न १ काे रातामाटा, च्यूरेक, वडा न ३ थाेर्गाकाे माझगाउँ, चापाखर्क बसन्त पाेखरी क्षेत्रमा ठुला साना हाेटल र रिसाेर्ट खाेल्न स्थानीय तहले प्राेत्साहन गर्नुपर्ने त ठुला हाेटलकाहरुले आफ्ना शाखा विस्तार गर्ने बाताबरण मिलाउनु पर्ने देखिएकाे छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया