Salime Malika Krishi Farm

Awareness Campaign

धार्मिक एवंं ऐतिहासिक महत्व बोकेको गुल्मीको मालिका मन्दिर, दर्शनार्थी बढ्दै



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: धार्मिक एवंं ऐतिहासिक स्थान यस मन्दिरको महत्व थप रोचक छ। गुल्मीको मुसिकोट नगरपालिका-६ अन्तर्गत कुर्घा स्थित रहेको यस मन्दिरको रोचक पनि भनेको यहाँ वर माग्दा चिच्याएर माग्नु पर्छ।

नेपालको उच्च कोटीमा रहेका धार्मिकस्थलमध्ये बेग्लै महिमा र पहिचान भएकै कारण यहाँ विशेष पर्वहरुमा श्रद्धालुहरुको ठूलो घुइँचो लाग्ने गर्दछ । यस मन्दिरमा दर्शन एवं पूजाआजाका लागि गुल्मीलगायत अर्घाखाँची, बाग्लुङ, प्यूठान, बुटवललगायत काठमाडौँका मानिसहरू आउने गर्दछन् । मालिका मन्दिरमा वर मागे र भाकल गरेपछि मनले चिताएको कुरा सबै पुग्दछ भन्ने जनविश्वास छ।

मालिका भगवतीले कान कम सुन्ने भएका कारण यहाँ बर माग्दा चिच्याएर बर माग्नुपर्ने प्रचलन रहेको छ । यस मन्दिरमा कुनै पनि वर मागी भाकल गरेपछि मनोकामना पूरा हुने विश्वासले गर्दा मन्दिर जाने जो कोहीले पनि भाकल गरेपछि परेवा उडाउने र बलि दिने प्रचलन छ।

सिंचाई
Forest
Ad.

यहाँ आउने भक्तजनहरूले भिन्नभिन्न प्रकारका वर माग्दछन् । कोही वैदेशिक रोजगारमा जान पाऊँ, कोही विदेशी सेनामा भर्ती हुन पाऊँ, जागिर खान पाऊँ, लोकसेवा पास गर्न पाऊँ, सन्तान नभएको भए चाँडै सन्तान जन्मियोस् जस्ता अनेकौँ वर माग्ने गरेको सुनिँदै आएको छ।

मन्दिर नजिकैको पहराबाट निस्किएको पानीको मूल यस मन्दिरको थप आकर्षक बनेको छ । सानो पानीको कुण्डमा तैरिरहेका रङ्गीबिरङ्गी माछाको दृश्यले त्यहाँ पुग्ने जो कोहीको पनि मन लोभ्याउँछ छ ।

यहाँ बैकुण्ठ चतुर्दशी एवं कार्तिक शुक्ल चतुर्दशीको दिन हजारौँ मानिसहरुको घुइँचो लाग्ने गर्दथ्यो । तर आजभोलि यो क्रम बिस्तारै बिस्तारै कम हुँदै जान थालेको मन्दिर व्यवस्थापन समितिका सञ्चालक ज्ञानहरि सापकोटा बताउँछन् ।

यसको उत्पत्ति जानकारहरूका अनुसार आजभन्दा करिब पाँच हजार वर्षअगाडि भएको भन्ने किंवदन्ती छ । हालको मालिका क्षेत्रमा किम्मु, वर र सिमलका रूखहरु रहेको र तिनै रूखको फंदमा माल्या श्री नामका ऋषिले तपस्या गरेको भन्ने भनाइ छ।

Awareness by SKF

वनजङ्गल प्रशस्त भएका कारण त्यहाँ जङ्गली जनावरहरू र चराचुरुङ्गीको बासस्थान रहेको थियो । त्यसैको नजिकै पानीको मुहान रहेकामा कालान्तरमा उक्त मूल सुकेपछि पानीको अभावमा वन्यजन्तु र जीवजन्तुहरू छट्पटाउन थालेका छन् ।

पानीको हाहाकार भएपछि त्यसै समयमा देवी प्रकट भएर वरदान माग्नभन्दा माल्या श्री ऋषिले पानीको अभावले प्राणीहरूले दुःख पाएको पुकार गरेपछि देवी मालिका भगवती प्रसन्न भएर मन्दिर परिसरमा जलकुण्ड निकाली जीवन रक्षा गरेको भन्ने पौराणिक मान्यता छ।

अर्कोतर्फ श्री स्वस्थानी व्रत कथामा पनि शक्ति पीठका रुपमा मालिकाको वर्णन गरिएको पाइन्छ । सायद त्यसै भएर होला श्रावण र माघमा यहाँ बलि दिने चलन छैन । पर्यटकीय दृष्टिकोणले पनि यस मन्दिर महत्वपूर्ण स्थानमा रहेको छ ।

मन्दिर नजिकै रहेको स्वाँरा होमस्टे पनि छ । तर सडकको राम्रो व्यवस्था हुन नसक्दा कतिपय मानिसहरू चाहेर पनि त्यहाँ पुग्नका लागि खासै रुचि देखाउँदैनन् । स्थानीय पालिकाले मन्दिर व्यवस्थापनका लागि केही सहयोग गरे पनि उक्त सहयोग पर्याप्त भने छैन।

यस्ता प्रकारका धार्मिक एवं पर्यटकीय स्थलहरूको संरक्षण, संवद्र्धन र विकासका लागि प्रदेश एवं सङ्घीय सरहकारको समयमै ध्यान पुग्न नसकेको स्थानीयको गुनासो छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया