काठमाडौं: निरा पाण्डेको हत्या आरोपमा पक्राउ परेका विनोद विश्वकर्मालाई झापाबाट काठमाडौं ल्याइएको छ ।
काठमाडौंको कपनस्थित सरस्वतीनगरमा ७ वैशाखमा भएको पाण्डेको हत्या आरोपमा शनिबार झापामा पक्राउ परेका विश्वकर्मालाई आइतबार काठमाडौं ल्याइएको हो । उनलाई आइतबार नै सार्वजनिक गर्ने तयारी प्रहरीको छ।
यो पनि: बडिगाडकी निरा हत्याकाण्ड: बिहान आमाको काख मागिन्, दिउँसो चक्कुले घोचेर मारियो
लुटपाटको उद्देश्यले हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको प्रहरीले पाण्डेले लगाएको सुनको सिक्री पनि बरामद गरेको जनाएको छ । उक्त सिक्री बानेश्वरको एक पसलबाट भेटिएको र प्रारम्भिक बयानमा आरोपी विश्वकर्माले पनि हत्या स्वीकारेको प्रहरीको भनाइ छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







